default_image

3 years ago

April 9, 2023

करिश्मालाई डब्लुबीसी मुवाँथाईको उपाधि

1412 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – करिश्मा कार्कीले डब्लुबीसी मुवाथाई च्याम्पियनसिपको उपाधि हात पारेकी छिन् । पोखरामा पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा रिना माझीलाई तेस्रो राउण्डमा पराजित गर्दै कार्कीले फ्लाइ वेट विधामा वुमन इमपावरमेन्टको उपाधि जितेकी हुन् ।

प्रतियोगिताको मुख्य आकर्षणको रुपमा रहेको फ्लाई वेट विधामा करिश्मा र रिनाले प्रतिस्पर्धा गरेका थिए । केटीएम सिटी मुख्य प्रायोजक रहेको प्रतियोगिताको सुपर लाइट विधामा भारतका लव कुमारले नेपालका विकास गुरुङलाई हराए भने सुपर फिदर वेटमा सन्तोष कुमार लामाले ज्ञानेन्द्र सिंहलाई पराजित गरे ।

यस्तै, इलाइट एमेच्योरतर्फ आयुश गुरुङले छिरिङ पाल्देन शेर्पालाई, मिलन तामाङले रोहित कायतलाई, रजिना विष्टले सुष्मा चौधरीलाई, रमित महर्जनले जेन्जी राईलाई, प्रशान्त तामाङले प्रिन्स गुरुङलाई, अमृत गुरुङले अनिश रेग्मीलाई र रोशन घलेले सन्दीप काप्रीलाई पराजित गरे ।

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी मुख्य अतिथी रहेको प्रतियोगिता पोखराको प्रर्दशनी केन्द्रमा आयोजना भएको थियो ।

१० वटा फाइट समावेश प्रतियोगितामा २० बढी जिल्लाका खेलाडी सहभागी रहेका थिए । प्रतियोगिता पोखरामा पहिलो पटक आयोजना गरिएको संघका अध्यक्ष राजु राईले बताएका छन् ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.