default_image

3 years ago

April 20, 2023

विकासको राष्ट्रिय कीर्तिमान

507 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साग स्वर्णधारी विकास थापाले १९औं एसियाली खेलकुदका लागि भएको भारोत्तोलन खेलाडी छनोट प्रतियोगितामा बिहीबार राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

नेपाल प्रहरीका उनले पुरुष ८१ केजीमा स्न्याचमा १२२ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको १२० केजीको कीर्तिमानमा सुधार गरेका हुन् । विकासले स्न्याचमा १२२ सहित क्लिन एन्ड जर्कमा १३५ केजी गरी कुल २५७ केजी वजन उचाल्दै पहिलो स्थान हात पारे ।

नेपाल भारोत्तोलन संघले आयोजना गरेको प्रतियोगिताको पुरुष ९६ केजीमा प्रहरीका विशालसिंह विष्ट पहिलो भए । उनले स्न्याचमा १०५ केजी र क्लिन एन्ड जर्कमा १२४ केजी गरी कुल २२९ केजी तौल उठाए ।

१०९ केजीमुनि प्रहरीका सन्देश गुरुङले स्न्याचमा ११६ केजी र क्लिन एन्ड जर्कमा १४० केजीसहित जम्मा २५६ केजी भार उचाल्दै पहिलो भए । १०९ केजीमाथि प्रहरीका राजीव महर्जनले स्न्याचमा १२५ केजी र क्लिन एन्ड जर्कमा १५० केजी गरी जम्मा २७५ केजी वजन उचाल्दै पहिलो भए ।

६१ केजीमा नेपाल आर्मीका तुलाराम महतो पहिलो बने । उनले स्न्याचमा ९१ केजी र क्लिन एन्ड जर्कमा ११३ केजी गरी जम्मा २०४ केजी भार वहन गरे । ६७ केजीमा प्रहरीका प्रकाश केसीले स्न्याचमा १०० केजी र क्लिन एन्ड जर्कमा १२० केजी गरी जम्मा २२० केजी तौल उचाल्दै शीर्ष स्थान हात पारे । स्न्याचमा ९६ केजी र क्लिन एन्ड जर्कमा ११८ केजी गरी जम्मा २१४ केजी तौल उचालेका आर्मीका राजु चौधरी ७३ केजी स्पर्धामा अब्बल बने ।

महिला ४९ केजीमा लुम्बिनीकी कृष्णाकला विष्ट, ५५ केजीमा आर्मीकी प्रभा थारु, ५९ केजीमा प्रहरीकी टीकामाया गुरुङ, ६४ केजीमा प्रहरीकी पूजा कुमाल, ७६ केजीमा प्रहरीकी जुनुमाया छन्त्याल, ८७ केजीमुनि प्रहरीकी तारादेवी पुन र ८७ केजीमाथि प्रहरीकी विद्या राईले पहिलो स्थान हात पारे ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे । एकदिने प्रतियोगितामा पुरुषमा २१ र महिलामा ११ खेलाडीले समान ७–७ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । आ–आफ्नो स्पर्धामा पहिलो भएका खेलाडी पहिलो चरणलाई छनोट भएका छन् ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.