3 years ago
April 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – तीन विभागीय टोली (त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब) सँगै होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबले मेयर कप खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।

आर्मी र एपिएफ पुरुषतर्फ तथा पुलिस र डायमण्डले महिलामा सफलता हात पारेका हुन् । ललितपुरको जावलाखेलस्थित जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कभर्डहलमा शनिबार भएको महिलातर्फको पहिलो खेलमा पुलिसले कोटेश्वर बहुमुखी क्याम्पसलाई २५–१, २५–५ र २५–४ को सोझो सेटमा हरायो ।
महिलातर्फको अर्काे खेलमा न्यु डायमण्डले परोपकार गल्स होस्टेललाई २५–८, २५–१२ र २५–८ को सोझो सेटमा हराउन सफल भयो ।
पुरुषतर्फ आर्मीेले सुर्यबिनायक युथ क्लबलाई २५–११, २५–७ र २५–१५ को सोझो सेटमा जित निकाल्यो । पुरुषतर्फको दोस्रो खेलमा एपीएफले नेपाल गणतान्त्रिक खेलकुदलाई २५–१, २५–१३ र २५–१८ को सोझो सेटमा पाखा लगायो ।

प्रतियोगितामा आइतबार पनि पुरुष र महिलामा समान दुई खेलमा प्रतिस्पर्धा हुनेछ । ललितपुर महानगरको आयोजना र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको ब्यवस्थापन रहेको १६ बैशाखसम्म चल्ने प्रतियोगितामा पुरुषतर्फ ८ र महिलामा ७ टोलीको सहभागिता रहेको छ ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
शनिबार सुरु भएको प्रतियोगिताको उद्घाटन ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले गरेका थिए । उपाधि विजेता टोलीले समान २ लाख, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
सर्वोत्कृष्ट खेलाडीलाई जनही १० हजार र विधागततर्फको उत्कृष्ट खेलाडीलाई जनही ५ हजार रुपैयाँ दिईने आयोजकले जनाएको छ ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]