default_image

10 months ago

April 23, 2023

एपीएफ र आर्मीको विजयी सुरुआत

ललितपुर (हाम्रो खेलकुद) – विभागीय टोलीद्धय नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबले मेयर कप खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ विजयी सुरुआत गरेका छन् । ललितपुरको जावलाखेलस्थित जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कभर्डहलमा आइतबार एपीएफले आयोजक ललितपुर महानगरपालिकालाई ३–० को सेटमा हराएर सुखद सुरुआत गरेको हो । एपीएफले ललितपुरमाथि २५–६, २५–७ र २५–१४ को […]

96 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद) – विभागीय टोलीद्धय नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबले मेयर कप खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ विजयी सुरुआत गरेका छन् ।

ललितपुरको जावलाखेलस्थित जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कभर्डहलमा आइतबार एपीएफले आयोजक ललितपुर महानगरपालिकालाई ३–० को सेटमा हराएर सुखद सुरुआत गरेको हो ।

एपीएफले ललितपुरमाथि २५–६, २५–७ र २५–१४ को सोझो सेटमा जित निकाल्यो । यस्तै महिलातर्फको अर्काे खेलमा आर्मीले कोटेश्वर बहुमुखी क्याम्पसलाई २५–६, २५–४ र २५–५ को सेटमा जित निकाल्यो ।

पुरुषतर्फ ललितपुर महानगरपालिका र नेपाल गणतान्त्रिक खेलकुदले जित निकालेका छन् । ललितपुरले बोगटी समाज ललितपुरलाई २५–२०, २५–१८ र २५–१९ ले हराउँदा गणतान्त्रिकले पाटन बहुमुखी क्याम्पसलाई २५–१२, २५–२० र २५–१५ ले हराउन सफल भयो ।

प्रतियोगितामा सोमबार पुरुष र महिलामा समान दुई खेलमा प्रतिस्पर्धा हुनेछ । ललितपुर महानगरपालिकाको आयोजना र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको ब्यवस्थापन रहेको १६ बैशाखसम्म चल्ने प्रतियोगितामा पुरुषतर्फ ८ र महिलामा ७ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । विजेताले समान २ लाख, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई जनही १० हजार र विधागततर्फको उत्कृष्ट खेलाडीलाई जनही ५ हजार रुपैयाँ दिईने आयोजकले जनाएको छ ।

February 24, 2024

बुटवलमा राष्ट्रिय लन टेनिस प्रतियोगिता हुँदै

सुमन अधिकारी, बुटवलरुपन्देही लन टेनिस संघको आयोजनामा बुटवलमा छैटौं राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता–२०८० हुने भएको छ । प्रतियोगितामा देशभरका शीर्ष वरियताका लन टेनिस खेलाडी प्रतिस्पर्धा गर्ने बताइएको छ। बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोग तथा रुपन्देही लन टेनिस संघको आयोजनामा फागुन १५ देखि १९ गतेसम्म देविनगर लन टेनिस कम्प्लेक्समा हुने प्रतियोगिताको तयारी अन्तिम चरण पुगेको संघले […]

February 23, 2024

धम्पुस उत्सवमा पुरुष र महिला भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – पर्यटकीय नगरी कास्कीकाे रमणीय गाँउ माछापुच्छ्रे गाउँपालिका ७ धम्पुस मिलन टोलमा यसै महिनाको अन्त्यदेखि पुरुष र महिला भलिबलसँगै प्रौढ भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । माछापुच्छ्रे गाउँपालिका ७ धम्पुसको संयोजन तथा मिलन युवा क्लबको आयोजनामा प्रतियोगिता फागन ३० देखि चैत ३ गतेसम्म आयोजना हुने भएको हो । पुरुषतर्फ कास्की जिल्ला […]

February 23, 2024

साम्बाले समर्थकलाई दिइन् धन्यवाद

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला फुटबल टोलीबाट ५० अन्तर्राष्ट्रिय गोल पूरा गरेपछि सावित्रा भण्डारी साम्बाले आफ्ना समर्थकलाई धन्यवाद दिएकी छिन् । साउदी अरेबियामा जारी वाफ च्याम्पियनसिपमा बिहीबार आयोजक इराकविरुद्ध ५–० को जितमा सबै गोल गरेकी साम्बाको ५० गोल पूरा भएको थियो । अन्तर्राष्ट्रिय फुटबलमा नेपालका लागि ५० गोल पूरा गर्ने उनी पहिलो खेलाडी हुन् […]

Success

Thank you for your time.