3 years ago
April 24, 2023
ललितपुर (हाम्रो खेलकुद) – होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब र विभागीय नेपाल एपिएफ क्लब ललितपुरमा जारी मेयर कप खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् ।

ललितपुरको जावलाखेलस्थित जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कभर्डहलमा सोमबार भएको खेलमा न्यु डायमण्डले ललितपुर महानगरपालिका र एपीएफले परोपकार गल्स होस्टेललाई समान ३–० को सोझो सेटमा पराजित गर्दै एक खेल अगावै सेमिफाइनल प्रवेश गरेका हुन् ।
न्यु डायमण्डले ललितपुर महानगरपालिकामाथि २५–१, २५–१२ र २५–८ को सोझो सेटमा जित निकाल्यो । अर्काे खेलमा एपीएफले परोपकारलाई २५–६, २५–४ र २५–३ को सोझै सेटमा पाखा लगायो ।
पुरुषतर्फ नेपाल पुलिस क्लबले पाटन बहुमुखी क्याम्पस र त्रिभुवन आर्मी क्लबले बोगटी समाज ललितपुरलाई समान ३–० को सोझो सेटमा हराएर सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

पुलिसले पाटनमाथि २५–१३, २५–१० र २५–१४ को तथा आर्मीले बोगटी समाजलाई २५–८, २५–१४ र २५–९ को सेटमा पाखा लगायो ।
ललितपुर महानगरपालिकाको आयोजना र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको ब्यवस्थापन रहेको १६ बैशाखसम्म चल्ने प्रतियोगितामा पुरुषतर्फ ८ र महिलामा ७ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
विजेताले समान २ लाख, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई जनही १० हजार र विधागततर्फको उत्कृष्ट खेलाडीलाई जनही ५ हजार रुपैयाँ दिईने आयोजकले जनाएको छ ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]