default_image

1 year ago

April 26, 2023

डायमण्डमाथि एपीएफकाे राेमाञ्चक जित

201 views

0 Bookmark

ललितपुर (हाम्रो खेलकुद) – होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबमाथि रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकाल्दै विभागीय नेपाल एपीएफ क्लब मेयर कप खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।

एपीएफले डायमण्डमाथि ३–२ को रोमाञ्चक जित निकाल्दै समूह विजेता बनेको हो । ललितपुरको जावलाखेलस्थित जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कभर्डहलमा बुधबार भएको खेलमा एपीएफले डायमण्डमाथि १७–२५, २५–१९, २३–२५, २५–२० र १५–१० को संघर्षपुर्ण र रोमाञ्चक जित निकाल्न सफल भयो ।

जितसँगै एपीएफ समूह ‘बी’ को विजेता बन्दा हारका बावजुत डायमण्ड समूहको उपविजेता बनेर सेमिफाइनलमा पुगेको छ । एपीएफले ३ खेलबाट ८ अंक बटुल्दा डायमण्डले ७ अंक बटुल्यो । यो समूहबाट आयोजक ललितपुर महानगरपालिका र परोपकार गल्स होस्टेल प्रतियोगिताबाट बाहिरिएको छ ।

यससँगै प्रतियोगिताको महिलातर्फको सेमिफाइनल समिकरण पूरा भएको छ । अब एपीएफले बिहीबार हुने सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबसँग तथा न्यु डायमण्डले नेपाल पुलिस क्लबसँग खेल्नेछ ।

पुरुषतर्फ एपीएफले पाटन मल्टिपल क्याम्पसलाई २५–१७, २५–१० र २५–१८ को सोझो सेटमा हराएको छ । अर्को खेलमा त्रिभुवन आर्मी क्लबले ललितपुर महानगरपालिकालाई २५–११, २५–१७ र २५–२१ ले पराजित गरेको छ ।

ललितपुर महानगरपालिकाको आयोजना र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको ब्यवस्थापन रहेको १६ बैशाखसम्म चल्ने प्रतियोगितामा पुरुषतर्फ ८ र महिलामा ७ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

विजेताले समान २ लाख, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई जनही १० हजार र विधागततर्फको उत्कृष्ट खेलाडीलाई जनही ५ हजार रुपैयाँ दिईने आयोजकले जनाएको छ ।

June 22, 2024

विपना र अरहान्तलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो वरीयताकी विपना ब्लोन र शीर्ष वरीयता प्राप्त अरहान्त केशर सिम्हाले प्रथम एनएसआरए प्रेसिडेन्ट कप खुल्ला राष्ट्रिय स्क्वास च्याम्पियनसिपको उपाधि जितेका छन् । नेपाल स्क्वास एन्ड र्‍याकेट्स संघको आयोजनामा सातदोबाटोस्थित नेपाल स्क्वास र्‍याकेट्स संघको आफ्नै भवनमा रहेको स्क्वास कोर्टमा शनिबार भएको पुरुष एकलको फाइनलमा अरहान्तले दोस्रो वरीयताका अमिर ब्लोनलाई ३–० को […]

June 22, 2024

अपहिल केडिसी रनमा नरेन्द्र र पूर्णलक्ष्मी पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मीकाद्वय नरेन्द्रसिंह रावत र पूर्णलक्ष्मी न्यौपाने राष्ट्रिय खुल्ला अपहिल केडिसी रनमा शनिबार पहिलो भएका छन् । २१ किलोमिटर दूरीको दौडमा नरेन्द्र पुरुषतर्फ र पूर्णलक्ष्मी महिलामा पहिलो भएका हुन् । नरेन्द्रले निर्धारित दूरी १ घण्टा १९ मिनेट ५१ सेकेन्डमा पूरा गरे । दोश्रो भएका करण रावलले १ घण्टा २१ मिनेट ५५ […]

June 21, 2024

अस्ट्रेलियामा सर्वाधिक धनराशीको भलिबल प्रतियोगिता हुने

सिड्नी – अस्ट्रेलियाको मेलबर्नमा सर्वाधिक धनराशीको पुरुष भलिबल प्रतियोगता ‘ग्लोबल मिट कप २०२४’ आयोजना हुने भएको छ । एलिट गोर्खा स्पोर्ट्स क्लबको आयोजना तथा ग्लोबल मिट एजुकेशन एण्ड भिषा सर्भिसको मुख्य प्रायोजनमा खुल्ला पुरुष तथा ३५ बर्षमाथि गरि दुई विधाको ‘ग्लोबल मिट कप २०२४’ आगामी जुन ३० तारिखमा हुन लागेको हो । एक दिने प्रतियोगिता […]

Success

Thank you for your time.