default_image

2 years ago

April 27, 2023

अल्मुताइरी अफगानिस्तानको मुख्य प्रशिक्षक बन्दै

176 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरी अफगानिस्तान फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त हुने भएका छन् ।

अफगानिस्तान फुटबल महासंघले बिहीबार सामाजिक सन्जालमार्फत अल्मुताइरी नयाँ मुख्य प्रशिक्षक नियुक्त हुने क्रममा रहेको जनाएको छ । अफगानिस्तानको राष्ट्रिय टोलीका लागि काबुलमा छनोट प्रक्रिया सन्चालन हुनेछ । अफगानिस्तान भन्दा बाहिर रहेका खेलाडीले पनि छनोट प्रक्रियामा भाग लिने महासंघले जनाएको छ ।

अल्मुताइरी र महासंघबीच छिट्टै राजधानी काबुलमा सम्झौता पत्रमा हस्ताक्षर हुने र त्यसपछि पत्रकार सम्मेलन गरिने जानकारी पनि महासंघले दिएको छ । राष्ट्रिय टोलीकै खेलाडीसँग विवादमा परेपछि अल्मुताइरीले गत वर्ष नेपाली टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका थिए ।

अल्मुताइरीको नेतृत्वमा नेपालले सन् २०२१ मा माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा फाइनलको यात्रा तय गरेको थियो । नेपालले साफ च्याम्पियनसिपको फाइनल खेलेको त्यो नै पहिलो अवसर थियो । झण्डै डेढ बर्षको उनको प्रशिक्षणमा नेपालले १९ खेल खेलेको थियो । त्यसमा ५ खेलमा जित २ मा बराबरी र १२ खेलमा हार बेहोरेको थियो ।

दुई महिना अघि उनी नेपाल आएका थिए । नेपाल खेलकुद पत्रकार मन्चले गत फागुन २३ गते आयोजना गरेको पल्सर स्पोर्टस अवार्डको वर्षका उत्कृष्ट प्रशिक्षकको अवार्ड ग्रहणका लागि उनी नेपाल आएका थिए ।

February 9, 2025

क्यान, एन्फासहित ३४ संघद्वारा सदस्य सचिवको कार्यकक्ष तोडफोडको भर्त्सना

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता राष्ट्रिय संघ मध्ये ३४ संघले राखेप सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको संयुक्त रुपमा विरोध गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान), अखिल नेपाल फुटबल संघ (एन्फा), नेपाल तेक्वान्दो र नेपाल भलिबल संघसहित ३४ सँघले शनिवार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन्। ‘वार्ता, […]

January 30, 2025

ख्वाजाको दोहोरो शतकमा अस्ट्रेलियाको विशाल योगफल

एजेन्सी – ओपनर उस्मान ख्वाजाको दोहोरो शतक प्रेरित अस्ट्रेलियाले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा विशाल योगफल तयार गरेको छ । बुधवार सुरु भएको पहिलो टेस्टको पहिलो इनिङमा अस्ट्रेलियाले गुमाएर ६ सय ५४ रन बनाउँदा इनिङ समाप्तिको घोषणा गर्यो । श्रीलंकाको गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलियाका ओपनर ख्वाजाले सर्वाधिकले २ सय ३२ रनको‌ योगदान […]

January 30, 2025

कुशलको टोलीले दीपेन्द्रको टिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा दीपेन्द्रसिंह ऐरीआबद्ध गल्फ जायन्ट्सलाई पराजित गरेको छ । डेजर्टले बुधवार भएको खेलमा गल्फलाई ५ विकेटले पराजित गरेको हो । डेजर्ट विजयी खेलमा कुशल र दीपेन्द्रले भने मौका पाएका थिएनन् । १ सय ३० रनको सामान्य लक्ष्य डेजर्टले १९ ओभरमा […]

Success

Thank you for your time.