default_image

3 years ago

April 27, 2023

माहिका, अभिलाषा, आइशा र सुनिरा सेमिफाइनलमा

406 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – माहिका राणा नवौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगित।को महिला सिंगल्समा बिहीबार सेमिफाइनलमा प्रवेश गरेकी छन् ।

महिकासंगै राष्ट्रिय च्याम्पियन अभिलाषा विष्ट, आइशा डोल्कर गुरुङ र सुनिरा थापा पनि सेमिफाइनलमा पुग्न सफल भएका छन् ।

सिटिजन्स बैंकको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगितामा माहिकाले प्रकृति श्रेष्ठलाई ६–१ र ६–३ को सोझो सेटमा पराजित गरिन् । अभिलाषाले गंगा शर्माबाट वाक ओभर पाइन् । आइशाले समृद्धि महर्जनलाई ६–२ र ६–२ तथा सुनिराले शुभाङ्गीलक्ष्मी शाहलाई ६–३ र ६–३ को सोझो सेटमा हराए ।

मिक्स डबल्समा प्रदीप खड्का र माहिका राणा, ऋतिक राणा र सुनिरा थापा, सक्षमविक्रम शाह र शुभाङ्गीलक्ष्मी शाह तथा निशान श्रेष्ठ र प्रकृति श्रेष्ठको जोडी सेमिफाइनलमा पुगे ।

भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा सन्तोष खत्री, सम्दुप लामा, भीष्मजंग गुरुङ, जितेन्द्र परियार, सिमान्त गुरुङ, सुब्रत बस्नेत, दावा सोनम शेर्पा र कमल भण्डारी क्वाटरफाइनलमा पुगेका छन् ।

५५ वर्षमाथि पुरुष सिंगल्समा जित प्रधान, ऋषिराम पण्डित, जीवन घिमिरे र हेमचन्द्र गुरुङले प्रिक्वाटरफाइनलमा स्थान पक्का गरे ।

४५ वर्षमाथि पुरुष डबल्समा महेश श्रेष्ठ र कृष्णराज घले, सुदर्शन विष्ट र राजु क्षेत्री, रोहित सुनुवार र इब्राहिम मुस्लिम तथा चन्द्र शाही र डेगेन्द्र श्रेष्ठको जोडीले सेमिफाइनल यात्रा तय गरे ।

भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा रोहित सुनुवार, मानबहादुर कटुवाल, चन्द्र शाही र महेश श्रेष्ठले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

५५ वर्षमाथि पुरुष डबल्समा नाम्लाङ तेन्जिङ र जाङबु शेर्पाको जोडी प्रिक्वाटरफाइनलमा पुगे । ६५ वर्षमाथि पुरुष सिंगल्समा विदुर विष्ट, दीपकमान श्रेष्ठ, कर्मा घले र कलम थापाले सेमिफइनलमा स्थान बनाए ।

November 17, 2025

काठमाडौं गोर्खाजको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले स्तब्ध बनाउँदै काठमाडौं गोर्खाजले सानदार सुरुवात गरेको छ । जितको लागि १ सय ३१ रनको लक्ष्य काठमाडौंले १८ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो। राम्रो सुरुवात गरेको काठमाडौंका ओपनरद्वय आकाश त्रिपाठी र बेन चार्लसवर्थले पहिलो पावर विना कुनै विकेटको नोक्सानीमा […]

November 16, 2025

स्पेन विश्व कप छनोटको नजिक, बेल्जियम रोकियो

एजेन्सी – मिकेल ओयार्जाबालले २ गोल गरेको खेलमा स्पेनले जर्जियालाई ४- ० को जित दिलाए। यो जितसँगै स्पेन विश्वकप छनोटको नजिक पुगेको छ। स्पेन ५ खेलपछि समूह ‘ई’ को शीर्ष स्थानमा छ र दोस्रो स्थानमा रहेको टर्कीभन्दा ३ अंक अगाडि छ। दुवै टोलीको अन्तिम खेल मंगलबार हुनेछ। खेलको ११औँ मिनेटमा जर्जियाका जियोर्जी गोचोलेश्विलीको ह्यान्डबलका कारण […]

November 1, 2025

आर्सनल शीर्ष स्थानमा थप मजबुत

एजेन्सी – आर्सनलले आज बर्नलीलाई २-० ले हराउँदै प्रिमियर लिगमा आफ्नो शीर्ष स्थान झनै मजबुत बनाएको छ। पहिलो हाफमै दुई गोल गर्दै आर्सनलले जित पक्का गरेको थियो। पहिलो गोल विक्टर जिओकेरेसले १४ औं मिनेटमा उत्कृष्ट हेडरमार्फत गरे। उनको यो सिजनको चौथो गोल हो। त्यसपछि डेक्लान राइसले पनि ३५ औं मिनेटमा हेडरमार्फत अर्को गोल थप्दै टिमलाई […]

Success

Thank you for your time.