3 years ago
April 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा १३ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुक्रबारवदेखि सुरु भएको छ ।

प्रतियोगिताको उपराष्ट्रपति राम प्रसाद सहायले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित एक भब्य समारोहबीच उद्घाटन गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति सहायले खेलकुद अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको झण्डा फराउने र राष्ट्रको प्रतिष्ठा अभिबृद्धि गर्ने महत्वपूर्ण माध्यम भएको बताउदै खेलकुद नै विश्व बन्धुत्व, शान्ति र समझदारीको महत्वपूर्ण माध्यम पनि भएको धारणा व्यक्त गरे । उपराष्ट्रपति सहायले भविष्यमा देशको प्रतिनिधित्व गर्ने खेलाडी माझ उपस्थित हुन पाउँदा खुशीको अनुभुति भएको बताए ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङले स्थानिय तह, जिल्ला, प्रदेश हुँदै केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरिएको बताउदै प्रतियोगिता पिरामिड आकारमा जग बाटै सञ्चालन गरेर हुने हुँदा प्रतियोगिताको महत्व खेलाडी उत्पादनमा विशेष अर्थपूर्ण रहेको बताए ।

सदस्य–सचिव घिसिङले आगामी वर्षदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई थप व्यवस्थित र व्यसायिक खेलाडी उत्पादनलाई जोड दिदै खेल तालिका सार्वजनिक गरेर अगाडि बढ्नु आवश्यकतालाई महशुस गरी १४ औं संस्करण २०८० सालको फागुन १६ देखि १८ गतेसम्म सञ्चालन गर्ने घोषणा गरे ।
फ्लड लाइट (कृत्रिम प्रकाश) मा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन कार्यक्रम भएको थियो । कृत्रिम प्रकाशमा राष्ट्रपति रनिङ शिल्डको उद्घाटन भएको पहिलो हो । उद्घाटनका अवसरमा संघीय सांसद् तेजुलाल चौधरी, राखेपका उपाध्यक्ष शिव कोइराला, युवा तथा खेलकुद मन्त्रालयका सह–सचिव इमनारायण श्रेष्ठ, विभिन्न राष्ट्रिय खेल संघका प्रतिनिधि, विभागीय प्रमुख, शाखा प्रमुखलगायतको उपस्थिति थियो ।
प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, उसु र तेक्वान्दो गरी ६ खेलमा प्रतिस्पर्धा हुनेछ । ६ खेलमा सातै प्रदेशका ६ सय ५८ खेलाडी सहभागी छन् । माध्यमिक तहमा अध्ययनरत १८ वर्षमुनिका खेलाडीले प्रतियोगितामा सहभागी हुन पाउने प्रावधान छ ।
एथलेटिक्सतर्फ छात्र-छात्रामा समान १३–१३, भलिबल र कबड्डीतर्फ छात्र-छात्रामा समान १–१, करातेतर्फ छात्र-छात्रामा समान ४–४ तथा उसु र तेक्वान्दोतर्फ छात्र-छात्रामा समान ३–३ स्वर्ण गरी जम्मा ५० स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]