default_image

3 years ago

April 29, 2023

ओमानलाई हराउँदै युएई फाइनलमा

316 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युएईले एसिसी प्रिमियर कपको दोस्रो सेमिफाइनल खेलमा ओमानलाई डकवर्थ लेविस पद्धतिको आधारमा दुई रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको छ । योसँगै युएईले उपाधि जित्न घरेलु टोली नेपालसँग सोमबार प्रतिस्पर्धा गर्नेछ । उपाधि जित्ने टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

जितको लागि २ सय ३७ रनको विजयी लक्ष्य पछ्याएको ओमानले ४३ ओभरमा ६ विकेट गुमाउँदै १ सय ९० रन बनाउदा वर्षाको कारण खेल रोकिएको थियो । युएई डकवर्थ लेविस पद्धतिको आधारमा तीन रनले अघि भएपछि दुई रनले विजयी भएको हो ।
४३ औं ओभरमा दुई विकेट गुमाउनु ओमानको लागि हारको कारण बन्यो ।

४३ औं ओभरको तेस्रो बलमा आयन खान आउट हुनुअघि ओमान खेलमा ८ रनले अघि थियो । आयन खान आउट भएपछि ओमान अझै चार रनले अघि थियो । तर अन्तिम बलमा सन्दीप गौड आउट भएसँगै पराजित हुन पुगेको थियो । ओमानका कश्याप प्रजापति ४३ बलमा ९ चौकासहित ४९ रनमा आउट भए ।

स्पिनर कार्तिक मयाप्पनको बलमा एलबीडब्लू आउट भएपछि अर्धशतक पूरा गर्न एक रनले चुकेका थिए । ओमानलाई ओपनर कश्याप प्रजापति र जतिन्दर सिंहले १५.३ ओभरमा ७९ रनको साझेदारी गरेका थिए । तर प्रजापति आउट भएपछि बाँकी दुई विकेट लगातार गुमाएको थियो ।

जतिन्दर सिंह ६५ बलमा ६ चौकासहित ४२ रनमा आउट भए । शोएब खान १९, कप्तान जिशान मकसुद ४०, आयन खान १ र सन्दीप गौड ४ रनमा आउट भए ।

युएईका स्पिनर कार्तिक मयाप्पनले ७ ओभरमा १ मेडनसहित ४२ रन खर्चेर ३ विकेट लिए । बसिल हमिदले दुई र जहरु खानले एक विकेट लिए ।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ४९.२ ओभरमा २ सय ३६ रनमा अल आउट भएको थियो । युएईका ओपनर तथा कप्तान मोहम्मद वासिमले ३१ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ४८ रनको योगदान दिए । अनुभवी ब्याटर रमिज शाहजाद ५८ बलमा ६ चौका र १ छक्कासहित ४६ रनमा आउट भए ।

ओपनर आर्यन लाक्रा ६८ बलमा १ छक्कासहित २५, वृत्य अरविन्द १८, रोहन मुस्तफा ४ र आयन खान १० रनमा आउट भए । हिटर आसिफ खान ४० बलमा ३ चौका र २ छक्कासहित ३४ र बासिल हमिद ४३ बलमा २ चौका र २ छक्कासहित ३४ रनमा आउट भए ।

ओमानका तीव्र गतिका बलर बिलाल खानले ९.२ ओभरमा ४४ रन खर्चेर ४ विकेट लिएपनि टोलीलाई फाइनल सम्म पुर्याउन सकेनन् । स्पिनर जिशान मकसुदले १० ओभरमा ३२ रन खर्चेर ४ विकेट लिएका थिए । आयन खानले १० ओभरमा ५४ रन खर्चेर २ विकेट लिए ।

युएईले सोमबार फाइनलमा घरेलु टोली नेपालसँग खेल्नेछ । यदि वर्षाको कारण फाइनलमा सोमबार र मंगलबार खेल वा सुपर ओभर पनि हुन सकेन भने वरियताको हिसाबमा नेपाल एसिया कपमा पुग्नेछ । नेपाल ओडिआइ वरियातामा १४ औं र युएई १९ औं स्थानमा छन् ।

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.