3 years ago
April 29, 2023
ललितपुर (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले ललितपुरमा भएको मेयर कप खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगितामा च्याम्पियन बनेका छन् । आर्मी पुरुषमा तथा पुलिस महिलामा च्याम्पियन बनेको हो ।

ललितपुरको जावलाखेलस्थित जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा शनिबार भएको पुरुषतर्फको फाइनलमा आर्मीले अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–२ को रोमाञ्चक र प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।
पहिलो र दोस्रो सेट सहजै २५–२० र २५–१७ ले जितेको आर्मीले रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट २७–२९ ले तथा चौथो सेट १९–२५ ले गुमाएपछि खेल पाँचौ सेटमा लम्बिएको थियो । निर्णायक तथा पाँचौ सेटमा सानदार प्रदर्शन गर्दै आर्मीले १५–७ को जित निकाल्दै उपाधि जित्न सफल भयो ।
महिलातर्फको फाइनलमा पुलिसले अर्काे विभागीय टोली नेपाल एपिएफ क्लबलाई ३–१ को सेटमा हराएर उपाधि जित्न सफल भयो । पुलिसले एपीएफलाई २५–११, १९–२५, २५–१९ र २५–२२ को सेटमा पाखा लगायो ।

उपाधिसँगै विजेता आर्मी र पुलिसले ट्रफीसहित समान २ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेका पुलिस र एपीएफले समान एक लाख रुपैयाँमा चित्त बुझाएको छ ।
पुरुषतर्फ आर्मीका ओपन स्पाइकर मान बहादुर श्रेष्ठ तथा महिलामा पुलिसकी लक्ष्मी चन्द प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । उनीहरुले ट्रफीसहित १० हजार रुपैयाँ प्राप्त गरेको छ ।
पुरुषतर्फ पुलिसका बिशाल बिके उत्कृष्ट स्पाइकर, पुलिसका द्धारिका थापा उत्कृष्ट ब्लकर, एपीएफका लोकेन्द्र गिरी उत्कृष्ट सेटर, आर्मीका इश्वर थापा उत्कृष्ट लिवेरो, आर्मीका हरि हजुर थापा उत्कृष्ट सर्भर र आर्मीका जगत बहादुर सिंह उत्कृष्ट प्रशिक्षाक घोषित भए ।
महिलामा एपीएफकी आरती सुबेदी उत्कृष्ट स्पाइकर, न्यु डायमण्ड क्लबकी सुमित्रा रेग्मी उत्कृष्ट ब्लकर, एपीएफकी जस्ना महतो उत्कृष्ट सेटर, पुलिसकी यमुना रसाईली उत्कृष्ट लिवेरो, आर्मीकी श्रृष्टि खड्गी उत्कृष्ट सर्भर र पुलिसका रुपेश कुमार विष्ट उत्कृष्ट प्रशिक्षक घोषित भए ।
विधागततर्फका उत्कृष्ट खेलाडीले ट्रफीसहित जनही ५ हजार रुपैयाँ प्राप्त गरे । विजयी टोली तथा खेलाडीलाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र जावलाखेल भलिबल प्रशिक्षक केन्द्रका अध्यक्ष माधव खड्कालगायतले पुरस्कृत गरे ।
ललितपुर महानगरपालिकाको आयोजना र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको ब्यवस्थापनमा ९ बैशाखबाट शुरु भएको प्रतियोगितामा पुरुषतर्फ ८ र महिलामा ७ टोलीको सहभागिता रहेको थियो । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरि लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा गराइएको थियो ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]