default_image

3 years ago

April 29, 2023

लङजम्पमा सुदीपको कीर्तिमान

248 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशका सुदीप थारुले १३औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको लङजम्पमा जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

छात्रको लङजम्पमा सुदिपले ६.८४ मिटर जम्प गर्दै आफ्नै नाममा रहेको ६.६४ मिटरको कीर्तिमान सुधार गरेका हुन् ।
लुम्बिनीले छात्र ४ गुणा १ सय मिटर रिलेमा पनि जुनियर राष्ट्रिय कीर्तिमान कायम ग¥यो ।

सुदिप सम्मिलित सुजल डाँगी, तुलसीराम थारु र रोशन थारुको टोलीले निर्धारित दूरी ४४.० सेकेन्डमा पूरा गर्दै तत्कालिन मध्यपश्चिमाञ्चल टोलीको नाममा रहेको ४४.५३ सेकेन्डको कीर्तिमान भंग गरेको हो ।

लुम्बिनी प्रदेशका तुलसीराम थारुले छात्र तथा कर्णाली प्रदेशकी सरिता खड्काले छात्रा ४ सय मिटर दौडमा स्वर्ण जिते । तुलसीले निर्धारित दूरी ५१.३ सेकेन्डमा पूरा गरे । सरिताले निर्धारित दूरी तय गर्न १ मिनेट ०३.२ सेकेन्ड समय लगाइन् । सरिता ८ सय मिटर दौडमा पनि स्वर्ण जित्न सफल भइन् । सरिताले दूरी २ मिनेट ३०.७ सेकेन्डमा तय गरिन् ।

छात्र ८ समय मिटर दौड २ मिनेट ०१.८ सेकेन्डमा सकाउदै लुम्बिनीका विकास विक पहिलो भए । युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित प्रतियोगिताअन्तर्गत ४ गुणा १०० मिटर रिलेको छात्रामा लुम्बिनीले स्वर्ण चुम्यो ।

ज्याभ्लिन थ्रोमा रवि चौधरी (५१.८४ मिटर) ले शीर्ष स्थान कब्जा गरे । छात्राको लङजम्पमा रेसु थारु ((४.९१ मिटर) तथा ज्याभ्लिन थ्रोमा दिब्यकला थारु पहिलो भए । लङजम्प र ज्याभ्लिन थ्रोका विजेता चारै लुम्बिनीका हुन् ।

एकल कातामा सूर्य र सन्जु पहिलो
कोशीका सूर्यचन्द्र राईले छात्र एकल कातामा स्वर्ण जितेका छन् । गण्डकी प्रदेशका प्रिन्स गुरुङ दोश्रो तथा बागमतीका अन्जन यस्माली मगर र कर्णालीका लक्ष्मण शाही तेश्रो भए ।

उक्त स्पर्धाको छात्रामा बागमतीकी सन्जु देशारले स्वर्ण, मधेश प्रदेशकी सुजिता परियारले रजत तथा मधेशकी प्रोसिया चौधरी र कर्णालीकी प्रियंका शाहीले कांस्य जितिन् ।

छात्र ५२ केजीमा कोशीका अंकित राईले स्वर्ण जिते । अंकितले फाइनलमा बागमतीका करण चौधरीलाई पराजित गरे । कर्णालीका निशान रस्कोटी तथा सुदूरपश्चिम प्रदेशका लक्ष्मण बिसी संयुक्त रुपमा तेश्रो भए ।

छात्रा ४० केजीमा बागमतीकी प्रमिला पाख्रिनले फाइनलमा बागमतीकै अनु मोक्तानलाई हराउदै स्वर्ण जितिन् । सुदूरपश्चिमकी पूजा सुनार र लुम्बिनीकी विनिता बुढा मगर तेश्रो स्थानमा रहे ।

छात्रा ४५ केजीमा गण्डकीकी अपेक्षा थापाले पहिलो स्थान हात पारिन् । अपेक्षाले फाइनलमा बागमतीकी सन्जु देशारलाई पाखा लगाएको करातेका पूर्व प्रशिक्षक राजेन्द्र कपालीले जनाएका छन् । मधेशकी प्रोसिया चौधरी तथा बागमतीकी ममता साह शंकरले कांस्य हात पारे ।

उसुमा एलिस पहिलो
उसुको छात्रतर्फ नान छ्वानमा कोशीका एलिश मरिक पहिलो, बागमतीका सुमन तामाङ दोश्रो तथा गण्डकीका लेनिन राना तेश्रो भए । सो स्पर्धाको छात्रामा बागमतीकी ममता सुनुवारले स्वर्ण, सुदूरपश्चिमकी दिब्य बोगटीले रजत र सुदूरपश्चिमकै कटिना बोहराले कांस्य हात पारे ।

त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा भएको छात्रा छाङ छ्वानमा बागमतीकी मारिया राई पहिलो, सुदूरपश्चिमकी दिपिका चौधरी दोश्रो तथा बागमतीकी अनुषा लुङेल मगर तेश्रो बने । छात्र थाइची छ्वानमा सुदूरपश्चिमका शिरीष श्रेष्ठ प्रथम, बागमतीका विवेक मण्डल द्वितीय र सुदूरपश्चिमका प्रमित चौधरी तृतीय भए ।

उक्त स्पर्धाको छात्रामा सुदूरपश्चिमकी पुष्पा कुँवर पहिलो, बागमतीकी लक्ष्मी तामाङ दोश्रो तथा कोशीकी इक्सा लङवा तेश्रो बने ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.