3 years ago
April 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – माहिका राणा नवौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगित।को महिला सिंगल्समा आइतबार फाइनलमा प्रवेश गरेकी छन् ।

सिटिजन्स बैंकको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको दोश्रो सेमिफाइनलमा माहिकाले सुनिरा थापालाई ६–० र ७–६ (५) ले पराजित गरिन् । फाइनलमा माहिकाको भेट राष्ट्रिय च्याम्पियन अभिलाषा विष्टसंग हुनेछ ।
पहिलो सेमिफाइनलमा अभिलाषाले आइशा डोल्कर गुरुङलाई ६–० र ६–४ को सोझो सेटमा हराउदै फाइनलमा स्थान सुरक्षित गरिसकेकी छन् । पुरुष सिंगल्सको फाइनल अभिषेक बाँस्तोल र ऋतिक राणाबीच हुनेछ ।
भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्स फाइनलमा कमलबहादुर भण्डारीले पूर्व च्याम्पियन जितेन्द्र परियारलाई ७–६ (५) र ६–१ ले हराउदै पहिलो भए । सो स्पर्धाको डबल्समा जितेन्द्र परियार र सुवर्ण धाक्वको जोडी पहिलो भए ।
उक्त जोडीले फाइनलमा सन्तोष खत्री र दावा सोनाम शेर्पालाई २–६, ६–३ र १०–४ ले पाखा लगाए । ६५ वर्षमाथि पुरुष सिंगल्समा कमल थापाले विदुर विष्टलाई ४–१ र ४–१ को सोझो सेटमा पन्छ्यादै स्वर्ण जिते ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]