3 years ago
May 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – शारीरिक शिक्षा तथा खेलकुद समाज (सोफेस) नेपालको आयोजनामा नवौं राष्ट्रिय अन्तरविद्यालय टेबल टेनिस प्रतियोगिता जेठ ४ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा २ सय भन्दा बढी खेलाडीको सहभागिता रहने सोफेसका अध्यक्ष प्रा.डा. रामकृष्ण महर्जनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
कक्षा १० सम्म अध्ययनरत विद्यार्थीले प्रतियोगितामा सहभागी हुन पाउनेछन् । ब्वाइज र गल्र्स सिंगल्स तथा टिममा गरी ४ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
सिंगल्समा पहिलो हुनेले १५ हजार, दोश्रोले ७ हजार ५ सय तथा तेश्रोले ३–३ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । डल्लुस्थित स्वर्णिम स्कुलको संयोजन तथा कन्सेप्ट मेकर्जको व्यवस्थापनमा हुने दुईदिने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा हुनेछ ।
पत्रकार सम्मेलनमा सोफेसका अध्यक्ष महर्जन, स्वर्णिमका संस्थापक प्रिन्सिपल सहजी पन्त र कन्सेप्टका प्रबन्ध निर्देशक प्रशान्त महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरे । स्वर्णिमका प्रिन्सिपल पन्तले विद्यार्थीलाई हरेक क्षेत्रमा अब्बल बनाउन शिक्षासंगै विद्यालयले खेलकुद र अत्तिरिक्त क्रियाकलापमा पनि उत्तिनै जोड दिएको बताए ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]