default_image

1 year ago

May 4, 2023

इन्दुरो रत्नाङ्गे माउन्टेन रेसको तयारी पुरा

95 views

0 Bookmark

सोलुखुम्बु (हाम्रो खेलकुद) – सोलुखुम्बुको रत्नाङ्गेमा आयोजना भएको इन्दुरो रत्नाङ्गे माउन्टेन रेस प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ ।

प्रतियोगिताको पहिलो दिन अभ्यास सत्र सकिएको छ । पहिलो दिनको अभ्यासमा २३ जना राइडरले साइक्लिङ गरेका छन् । प्रतियोगितामा बिभिन्न चार क्याटेगोरीमा प्रतिस्पर्धा हुनेछ ।

यस प्रतियोगितामा २६ राइडरले मुख्य स्पर्धामा शुक्रबार र शनिबार प्रतिस्पर्धा गर्नेछन् । जसमा दुई विदेशी राइडर समेत छन् । हाइ अल्टिच्युटमा हुने माउन्टेन रेस र यस क्षेत्रको पर्यटन प्रर्वद्धनमा सहयोग पुर्याउने उद्धेश्यले आयोजना गरिएको प्रतियोगिता बैशाख २४ गतेसम्म चल्नेछ ।

‘हाइ अल्टिच्युटमा भएको पहिलो माउन्टेन रेस हो । सोलुको पर्यटनमा पनि यसले सहयोग पुर्याउछ भन्ने हाम्रो विश्वास छ । त्यस्तै माउन्टेन रेसलाई पनि यसले प्रवद्धन गर्नेछ ।’ फाप्लु माउन्टेन बाइक क्लबका अध्यक्ष आङ छिरिङ शेर्पाले भनेका छन् ।

फाप्लु माउन्टेन बाइक क्लबले रत्नाङ्गेमा पहिलो पटक आयोजना गरेको प्रतियोगितालाई केटीएम सिटीले मुख्य प्रायोजकको रुपमा सहयोग गरेको छ । प्रतियोगिताको विजेताले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

जसमा महिला र पुरुष इलिटमा पहिलो हुनेले ३० हजार, दोस्रोले २० र तेस्रो हुनेले १० हजार रुपैयाँ पाउनेछ । प्रतियोगिताको अन्य विधाका विजेताले गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।

July 22, 2024

रसियासँग नेपालको अर्काे हार

काठमाडौं (हाम्रो खेलकुद) – काभा नेसन्स लिगको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय भलिबल टोलीले रसियन टोलीसँग अर्काे हार बेहोरेको छ । यससँगै नेपालले दुई मैत्रीपुर्ण खेलकाे सिरिज रसियालाई २–० ले सुम्पिएकाे छ । सोमबार भएको दोस्रो खेलमा नेपाल ३–० को सोझो सेटमा पराजित हुन पुग्यो । यसअघि आइतबार भएको पहिलो खेलमा पनि नेपालले ३–० कै […]

July 18, 2024

एपिएफ र पुलिस विजयी

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिगमा बिहीबार नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । लिग सिजनको पहिलो जित दर्ता गर्ने क्रममा एपिएफले सातदोबाटो माथि २-१ को जित हात पारेको हो । जितमा विकास टिटुङ र किशोर गुरुङले १-१ गोल गरे । सातदोबाटोका लागि योहान्ना लिम्बूले अन्तिम समयमा १ गोल […]

July 15, 2024

अर्जेन्टिनालाई कोपा अमेरिका उपाधि

एजेन्सी – अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को उपाधि जितेको छ । लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा अर्जेन्टिनाले कोलम्बियालाई अतिरिक्त समयमा १-० ले हराएको हो । अर्जेन्टिनाका लागि लौतारो मार्टीनेजले १ सय १२औं मिनेटमा गोल गरे । ९७औं मिनेटमा मैदान प्रवेश गरेका उनले जियोभानी लो सेल्सोको थ्रु पासमा गोल गर्दै अर्जेन्टिनालाई उपाधि दिलाएका हुन् । […]

Success

Thank you for your time.