default_image

3 years ago

May 9, 2023

‘खेलकुदलाई माथि उकास्ने प्रयास गर्नेछु’ मन्त्री लिम्बु

418 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नव नियुक्त युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुले आफ्नाे कार्यकालमा इमानन्दार प्रयास र नेतृत्वसहित नेपाली खेलकुदलाई माथि उकास्ने प्रयास गर्ने बताएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उनकै सम्मानमा मंगलबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

केही गरौँ भन्ने इच्छाकासाथ खेलकुद मन्त्रालयमा आएको छु, त्यसैले बढी समय दिएर भएपनि लक्ष्य पूरा गर्ने तर्फ अगाडि बढ्ने छु । तर नतिजा निकाल्न एक्लैले सम्भव हुँदैन । मलाई सबैको साथ चाहिन्छ । खेलकुद क्षेत्रभित्र समस्या छ । ती समस्या र कमीकमजोरीलाई सामूहिक प्रयासले हल गर्नुपर्छ । अझ यसमा स्थायी सरकारको रुपमा रहेका कर्मचारीको ठूलो भूमिका रहन्छ ।’ मन्त्री लिम्बुले भने ।

उनले एकअर्कालाई दोषारोपण गरेर होइन, सबै मिलेर मात्र सफलता हासिल गर्न सकिने बताए । राखेपका उपाध्यक्ष शिव कोइरालाले लामो समयपछि खेलकुद क्षेत्रको अभिभावकत्व ग्रहण गरेकोमा खेलकुदमन्त्री लिम्बुलाई धन्यवाद दिए ।

उनले खेलकुद उचाई हासिल गर्न सक्ने मञ्च भएको बताउदै मन्त्री लिम्बुलाई राम्रो काम गरेर खेलकुदबाट आफ्नो राजनीतिक उचाई अझ बढाउन सफलताका लागि शुभकामना दिए ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङले कार्यकाल सफलताको शुभकामना दिँदै बधाई दिए । उहाँले नवनियुक्त मन्त्री लिम्बुसमक्ष चुनौतीलाई अवसरमा बदल्ने अवसर भएको बताउदै राष्ट्रिय खेलकुदलगायत विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुद आयोजना गरेर कोभिडपछि ठप्प भएको नेपाली खेलकुदलाई गतिमा ल्याएको बताए ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.