default_image

1 year ago

May 9, 2023

आयुब र रुपेशलाई स्वर्ण

175 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडी आयुब घिमिरे र रुपेश खतिवडाले विश्व मिक्स बक्सिङ च्याम्पियनसिपमा स्वर्ण जितेका छन् ।

भारतको जम्मु कस्मिरमा मे ५ देखि ७ तारिखसम्म भएको प्रतियोगितामा उनीहरुले कुङफुको सान्डामा स्वर्ण जितेको बूढानीलकण्ठ कुङफुका प्रमुख प्रशिक्षक सुकमान लामाले जनाएका छन् ।

विश्व मिक्स बक्सिङ महासंघले आयोजना गरेको प्रतियोगितामा आयुबले पुरुष ६० केजी तथा रुपेशले ७० केजी तौलसमूहमा स्वर्ण जितेका हुन् ।

खेलाडीलाई बूढानीलकण्ठ नगरपालिका वडा ५ का सदस्य रणबहादुर तामाङ, प्रमुख प्रशिक्षक लामालगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

July 22, 2024

रसियासँग नेपालको अर्काे हार

काठमाडौं (हाम्रो खेलकुद) – काभा नेसन्स लिगको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय भलिबल टोलीले रसियन टोलीसँग अर्काे हार बेहोरेको छ । यससँगै नेपालले दुई मैत्रीपुर्ण खेलकाे सिरिज रसियालाई २–० ले सुम्पिएकाे छ । सोमबार भएको दोस्रो खेलमा नेपाल ३–० को सोझो सेटमा पराजित हुन पुग्यो । यसअघि आइतबार भएको पहिलो खेलमा पनि नेपालले ३–० कै […]

July 18, 2024

एपिएफ र पुलिस विजयी

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिगमा बिहीबार नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । लिग सिजनको पहिलो जित दर्ता गर्ने क्रममा एपिएफले सातदोबाटो माथि २-१ को जित हात पारेको हो । जितमा विकास टिटुङ र किशोर गुरुङले १-१ गोल गरे । सातदोबाटोका लागि योहान्ना लिम्बूले अन्तिम समयमा १ गोल […]

July 15, 2024

अर्जेन्टिनालाई कोपा अमेरिका उपाधि

एजेन्सी – अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को उपाधि जितेको छ । लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा अर्जेन्टिनाले कोलम्बियालाई अतिरिक्त समयमा १-० ले हराएको हो । अर्जेन्टिनाका लागि लौतारो मार्टीनेजले १ सय १२औं मिनेटमा गोल गरे । ९७औं मिनेटमा मैदान प्रवेश गरेका उनले जियोभानी लो सेल्सोको थ्रु पासमा गोल गर्दै अर्जेन्टिनालाई उपाधि दिलाएका हुन् । […]

Success

Thank you for your time.