2 years ago
May 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आदिवासी खेलकुद संघ नेपालको प्रथम साधारण सभाले भुपेन्द्र गुरुङलाई अध्यक्षमा निर्वारोध निर्वाचित गरेको छ ।
साधारण सभाले भुपेन्द्रको अध्यक्षतामा ९ सदस्यीय केन्द्रीय कार्यसमिति समेत २ वर्षका लागि निर्विरोध चयन गरेको छ । नेपाल उमा कुङफु संघका महासचिव समेत रहेका गुरुङ जर्मनी भएको वल्र्ड मार्सल आर्ट्स गेम्स तथा इङल्यान्डमा भएको युरोपियन च्याम्पियनसिपका स्वर्ण विजेता हुन् ।
नवनिर्वाचित केन्द्रीय कार्यसमितिमा दिपेन गुरुङले उपाध्यक्ष, सुरेश मगरले सचिव तथा मिनबहादुर गुरुङले कोषाध्यक्षको जिम्मेवारी पाए । शेरबहादुर गुरुङ, धनबहादुर गुरुङ, जगदीश गुरुङ, रुपकाजी मगर र गुना गुरुङ सदस्यमा चयन भए ।
साधारण सभाले नेपाल उमा कुङफु संघका सहायक मुख्य प्रशिक्षक एवं अन्तर्राष्ट्रिय निर्णायक उद्धव थापा मगरलाई संघको मुख्य प्रशिक्षकमा मनोनित गरेको छ ।
नवनिर्वाचित पदाधिकारीहरुलाई राष्ट्रिय खेलकुद परिषद्की बोर्ड तथा कार्यकारी समितिकी सदस्य नन्दा बस्याललगायतले एक कार्यक्रमबीच बधाइ दिदै प्रमाण पत्र वितरण गरे ।
अध्यक्ष गुरुङले विशेष गरी परम्परागत खेलको जर्गेना तथा प्रवद्र्धन गर्ने उद्देश्यले संघ स्थापना गरिएको बताए ।
January 12, 2025
एजेन्सी – जेम्स म्याकएटीको ह्याट्रिक सहयोगमा म्यानचेस्टर सिटीले एफए कपमा साल्फोर्ड एफसीविरुद्ध सानदार जित हात पारेको छ । शनिवार भएको तेस्रो चरणको खेलमा सिटीले ८-० को सानदार जित दर्ता गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन म्याकएटीले ह्याट्रिक गर्दा जेरिमी डोकुले २ तथा डिभाइन मोबामा, निको ओ राइली र ज्याक ग्रेलिसले समान १ गोल […]
January 5, 2025
सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा अर्काे महिना दोस्रो संस्करणको अजी फाइनान्स अन्तर्राष्ट्रिय पुरुष भलिबल कप २०२५ आयोजना हुने भएको छ । दि गोर्खा स्पोट्र्स क्लबको आयोजनामा आगामी माघ १३ गते आइतबार (२६ जनवरी) मा दोस्रो संस्करणको अन्तर्राष्ट्रिय पुरुष भलिबल कपसँगै ३५ वर्षमाथिको पुरुष भलिबल कप आयोजना हुने भएको हो । एक दिने प्रतियोगिता अष्ट्रेलियाको लिडकमस्थित […]
January 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनएनआइपिए स्पोर्टस अर्वाड को १९ औं संस्करण आज आयोजना हुँदैछ। नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) को आयोजना तथा तारकेश्वर नगरपालिकाको स्थानीय व्यवस्थापनमा मनमैजु मन्दिर परिसरमा अवार्ड कार्यक्रम हुनेछ । एनएनआइपिएले सबै तयारी पूरा भएको जानकारी गराइसकेको छ। गत वर्ष चीनको हाङझाउमा भएको १९ औं एसियाली खेलकुदमा नेपालले भाग लिएका २९ खेलका […]