default_image

3 years ago

May 13, 2023

राष्ट्रिय टोलीका ६ नयाँ अनुहार

317 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु भुमिमा आयोजना हुन लागेको एनएससी काभा महिला भलिबल च्यालेन्ज कप २०२३ को लागि १४ सदस्यीय टोली घोषणा भइसकेको छ । यसपटक १४ सदस्यीय टोलीमा ६ नयाँ अनुहार समेटिएका छन् ।

तर नेपाल भलिबल संघले आधिकारिक रुपमा अन्तिम टाेलीकाे घाेषणा गरेकाे छैन । दुई खेलाडी निरुता ठगुन्ना र पुनम चन्दले टोलीमा पुनरागमन गर्दा कप्तान अरुणा शाही, सरस्वती चौधरी, साफिया पुन, उषा भण्डारी, कामना विष्ट र सलिना श्रेष्ठ टोलीका पूराना खेलाडी हुन् ।

घुँडाको चोटका कारण टोलीका भरपर्दा तथा नियमित स्पाइकर प्रतिभा मालीसँगै टोलीका सदस्य सेटर कृपा अधिकारीले अन्तिम टोलीमा स्थान बनाउन सकिनन् । यसअघि बन्द प्रशिक्षणमा पर्दै आएकी लिवेरो सरस्वती जैशीले पनि यसपटक टोलीमा स्थान बनाउन सकिनन् । राष्ट्रिय टोलीमा स्थान बनाउन सफल ६ नयाँ खेलाडी कस्ता छन् त हेरौं ।

रिमा कुँवर (अपोजिट हिटर)

घरेलु भलिबलमा रिमा कुँवर होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबबाट खेल्ने गर्छिन् । पर्वत फलेवासकी उनले न्यु डायमण्डले सहभागिता नजनाएको प्रतियोगितामा गण्डकी प्रदेशबाट समेत खेल्ने गर्छिन् । नवौं राष्ट्रिय खेलकुदमा उनले गण्डकीबाट खेलेकी थिइन् ।

बायाँ हाते अपोजिट हिटर उनी जुनसुकै बेला पनि खेललाई आफ्नो पक्षमा पार्न सक्ने क्षमता राख्दछिन् । उनले उच्च प्रदर्शनमा डायमण्डले घरेलु भलिबलमा थुप्रै सफलता हात पारिसकेको छ । त्यही सानदार प्रदर्शनलाई प्रशिक्षणमा पनि कायम राख्न सफल भएपछि उनी बेल्जियन प्रशिक्षक जान डे ब्रान्टको नजरमा पर्न सफल भइन् ।

प्रगति नाथ (सेटर)

प्रगति नाथ नेपाली महिला भलिबलले पाएको उदीयमान सेटर हुन् । महिला भलिबलमा एकपछि अर्को प्रतिभावान् खेलाडी उत्पादन गरिरहेको होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबकी प्रगति क्लबमा भएको सेटर अभावमा उदाएकी प्रतिभा हुन् । १७ वर्षीय प्रगतिले छोटो समयमा आफूलाई क्लबको नयाँ भूमिकामा स्थापित मात्र गरिनन् । राष्ट्रिय टोलीमा समेत स्थान बनाउन सफल भइन् ।

रुकुम पश्चिम बफिकोटकी प्रगतिलाई न्यु डायमण्डका प्रशिक्षक कुमार राईले शारीरिक उचाइबाट प्रभावित भएपछि न्यु डायमण्डमा ल्याएका थिए । नियमित प्रशिक्षणसँगै न्यु डायमन्ड टोलीमा खेलेकी उनले छोटो समयमा नै सिनियर राष्ट्रिय टोलीको ढोका ढक्ढकाएकी छिन् । २०७६ को असोजपछि भलिबल खेल्न सिकेकी उनी यति छोटो समयमै राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भइन् ।

प्रशिक्षक राईले उनलाई शुरुमा अलराउन्डरको भुमिकामा खेलाउने सोच बनाएका थिए । तयारी पनि त्यसै अनुरुप थियो । तर २०७८ को टाइगर कपअघि न्यु डायमन्डकी नियमित सेटर अरुणा शाहीले आयोजक टाइगर ग्रुपबाट खेल्ने भएपछि क्लबमै रहेकी अर्की सेटर प्रतीक्षा गुरुङ पनि परीक्षाका कारण नखेल्ने भएपछि प्रगतिले आफ्नो भुमिका परिवर्तन गर्दै घरेलु भलिबलमा छाप बसाउन सफल भइन् ।

पुजा चौधरी (अपोजिट हिटर)

पुजा चौधरी घरेलु भलिबलमा विभागीय नेपाल एपिएफ क्लबबाट खेल्ने गर्छिन् । उनी पनि सम्भावना बोकेकी खेलाडी हुन् । राष्ट्रिय टोलीमा एपिएफका खेलाडीको दवदवा रहँदा सुरुवाती समयमा उनले पहिलो रोजाईमा खेल्ने अवसर पाइनन् ।

तर, बाँके कोहलपुरकी उनले आफ्नो प्रदर्शनलाई निखार्दै आफुलाई पहिलो रोजाईमा खेल्न सक्ने बनाइन् । घरेलु भलिबलमा लगातार उच्च प्रदर्शनसँगै उनले पनि राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भइन् । एपिएफमा पनि उनले पछिल्लो समय अनुभवी खेलाडीलाई बाहिर राख्दै स्थान बनाएकी थिइन् ।

कविता भट्ट (मिडल ब्लकर)

डडेलधुरा गन्यापधुरा १ भात्काडाँकी कविता भट्ट मिडल ब्लकर हुन् । अग्ली कदकी कविताले राष्ट्रिय टोलीमा प्रभाव जमाइरहेकी आफ्नै टोलीकी सहयात्री उषा कुमारी विष्ट र हीरा केसीसँगै आफ्नो प्रदर्शनलाई निखारिन् । एक समय त्रिभुवन आर्मी क्लबबाट समेत खेलेकी कविता अहिले एपिएफमा आबद्ध छिन् । एपिएफमा चोटले संघर्षरत उषा विष्टको प्रदर्शन कमजोर हुँदा उनले त्यसमा आफूलाई अब्बल ठहराइन् ।

संगम महतो (मिडल ब्लकर)

शारीरिक रुपमा पातली भएपनि मिडल ब्लकर संगम महतो आफ्नो भुमिकामा अब्बल छिन् । चितवनकी संगम घरेलु भलिबलमा विभागीय त्रिभुवन आर्मी क्लबमा आबद्ध छिन् । आर्मीले पाएको सफलतामा उनको भुमिका निकै महत्वपूर्ण छ । राष्ट्रिय टोलीकै मिडल ब्लकर साफिया पुनले आर्मीमा स्पाइकरको भूमिकामा खेल्दा संगमले मिडल ब्लकरबाट खेल्दा आफूलाई त्यसमा अब्बल ठहराइन् । घरेलु भलिबल र प्रशिक्षणमा समेत सानदार प्रदर्शन गरेपछि उनी बेल्जियन जान डे ब्रान्टको नजरमा पर्न सफल भइन् ।

शान्ति कला तामाङ (लिवेरो)

शारीरिक रुपमा निकै छरिता शान्ति कला तामाङ नेपाल पुलिस क्लबमा आबद्ध छिन् । यसअघि राष्ट्रिय टोलीको प्रशिक्षणमा परेपनि उनले अन्तिम टोलीमा भने स्थान बनाउन सकेकी थिइनन् । यसपटक टोलीमा दुई लिवेरो रहँदा खोटाङकी उनले मौका पाइन् ।

उनमा जुनसुकै अवस्थामा पनि विपक्षीको प्रहारलाई सहजै रिसिव गर्न सक्ने क्षमता छ । अब राष्ट्रिय टोलीमा उनले टोलीका नियमित सदस्य सलिना श्रेष्ठसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

यो हेर्नुहोस :

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.