2 years ago
May 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – उमा (डब्लुयुएमए) युरोपिन च्याम्पियनसिपमा सहभागी हुन १ खेलाडीसहित दुई सदस्यीय नेपाल टोली शुक्रबार इङल्यान्डको ग्लोस्टर प्रस्थान गर्ने भएको छ ।
मे १४ तारिखमा हुने प्रतियोगितामा कमल मगरले विभिन्न ३ स्पर्धामा नेपालको चुनौती प्रस्तुत गर्ने छन् । उनले १८ वर्षमाथि उमेर समूहमा चाइनिज क्रिएटिभ, वेपन्स फर्म र बेयर ह्यान्ड स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् ।
कमल इङल्यान्डमा भएको उमा विश्व च्याम्पियनसिपमा स्वर्ण, क्रोएसियामा भएको विश्व कपमा स्वर्ण, अस्ट्रियामा भएको विश्व कपमा रजत तथा थाइल्यान्डमा भएको सान्डा बक्सिङमा रजत विजेता हुन् । कमलसंगै टिम व्यवस्थापकको भूमिकामा नेपाल उमा कुङफु संघ, कोशी प्रदेशका सदस्य सुरेन राई पनि इङल्यान्ड जाने छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामा, वरिष्ठ उपाध्यक्ष सन्जित राई, उपाध्यक्ष मुन्नी सुवेदी, सचिव रमेश महर्जन, सदस्य अशोक केसी, तार्केश्वर उमा कुङफुका अध्यक्ष शिव कुँवर, उमा कुङफुका अन्तर्राष्ट्रिय पदक विजेता सञ्जयराज पुटुवारले बिहीबार एक कार्यक्रमबीच बिदाइ गरे ।
March 24, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले रोमाञ्चक खेलमा लखनउ सुपर जाइन्ट्सलाई १ विकेटले हराउँदै इण्डियन प्रिमियर लिग (आइपिएल) मा सोमवार विजयी सुरुवात गरेको छ। दिल्लीको जितमा आशुतोष शर्मा नायक बने। जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको दिल्लीले १९.३ ओभरमा ९ विकेट गुमाउँदै जित हात पार्यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो । मात्र ७ रन जोड्दा […]
March 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]
March 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सल्यान खड्गी राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षक नियुक्त भएका छन्। ए डिभिजन टोली संकटा क्लबका पूर्व प्रशिक्षक रहेका खड्गीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले मंगलवार नियुक्ती पत्र हस्तान्तरण गरेको एन्फाले सामजिक सन्जाल मार्फत जानकारी दिएको छ। एन्फाले चैत ८ गते सिंगापुरसँग हुने मैत्रीपूर्ण खेल र चैत १२ […]