3 years ago
May 12, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल रग्बी संघले विश्व रग्बी संघको पूर्ण सदस्यता प्राप्त गरेको छ । नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेले बिहीबार विश्व रग्बीले नेपाललाई पूर्ण सदस्यता प्रदान गरेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

सन् २०१४ मा एसिया रग्बीको एसोसिएट सदस्यता पाएको नेपालले २०१८ मा पूर्ण सदस्यता पाएको थियो । त्यसपछि ‘गेट इन्टु रग्बी’ कार्यक्रम सञ्चालनसंगै घरेलु गतिविधिमा सक्रियता बढाउदै गएको नेपालले विश्व रग्बीको पूर्ण सदस्यता पाएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले निकै ठूलो परिश्रम र संघर्षपछि नेपालले विश्व रग्बीको पूर्ण सदस्यता पाएको बताए ।
‘विश्व रग्बीले कुनै देशमा आफ्नो खेल संघ छ भनेर हतार–हतारमा सदस्यता दिदैन । निश्चित प्रक्रिया पूरा गर्नु पर्छ ।’ एसिया रग्बीका कार्यकारी सदस्य समेत रहेका सदस्य–सचिव घिसिङले भने– ‘घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना, अन्तर्राष्ट्रिय सहभागिता, कार्यालय सञ्चालन, कार्यालयमा कर्मचारीको अवस्था, प्राविधिक जनशक्तिको अवस्थालगायत सबै कुरा हेरेर मात्र विश्व रग्बीले पूर्ण सदस्यता दिन्छ ।’

‘पूर्ण सदस्यता पायौं भनेर चुप लागेर बस्दैनौं । काम पनि गर्ने हो संगसंगै अधिकारीका लागि संघर्ष पनि गर्ने हो । संघले अब झन सक्रिएता बढाउनु पछ ।’ नेपाल रग्बी संघका पूर्व अध्यक्ष सदस्य–सचिव घिसिङले अगाडि थपे ।
नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले संघको मेहनतले गर्दा नेपालले विश्व रग्बीको मान्यता पाएको बताउदै नेपाली रग्बी व्यवसायिकतामा प्रवेश गरेको धारणा राखे । नेपाल रग्बी संघका वरिष्ठ उपाध्यक्ष चेतनराज गिरीले नेपाललाई पूर्ण सदस्यता प्रदान गरेकोमा विश्व रग्बीलाई धन्यवाद दिए ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]