3 years ago
May 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – हन्ड्रेड स्पोर्ट्स म्यानेजमेन्ट प्रालि जेठ दोस्रो सातादेखि नेपालमा आयोजना हुन लागेको एनएससी काभा महिला भलिबल च्यालेन्ज कपको मार्केटिङ पार्टनर बनेको छ ।

मार्केटिङ पार्टनरको लागि नेपाल भलिबल संघ र हन्ड्रेट स्पोर्ट्सबीच आइतबार सहकार्य सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द र हन्ड्रेट स्पोर्ट्सका संस्थापक रविन्द्र भाटीले हस्ताक्षर गर्दै आदान–प्रदान गरे ।
सम्झौता कार्यक्रममा संघका महासचिव रोशन श्रेष्ठसँगै संघका पदाधिकारी र हन्ड्रेड स्पोर्ट्सका विकास खेतानलगायतको उपस्थिति रहेको थियो ।
यससँगै हन्ड्रेट स्पोर्ट्सले काभा महिला भलिबल च्यालेन्ज कपको मार्केटिङको सम्पूर्ण जिम्मेवारी लिनेछ । नेपालको खेलकुदलाई व्यवसायिक बनाउने उद्धेश्यका साथ नेपालका खेल र खेलाडीसँग जोडिएर काम गरिरहेको हन्ड्रेट स्पोर्टसका रविन्द भाटीले बताए । हन्ड्रेट स्पोर्ट्सले पछिल्लो समय नेपाली खेलसँग सहकार्य गर्दै आइरहेको छ ।
एनएससी काभा वुमन्स च्यालेन्ज कप जेठ ८ गतेबाट १४ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुँदैछ । च्यालेन्ज कपमा ८ राष्ट्रको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
आयोजक तथा घरेलु टोली नेपालले जेठ ८ मा कीर्गिस्तानसँग खेल्दै च्यालेन्ज कपको सुरुवात गर्नेछ । सोही दिन उज्वेकिस्तान र श्रीलंका, बंगलादेश र भारत तथा माल्दिभ्स र काजकिस्तानबीच खेल हुनेछ । सात दिने प्रतियोगिताको सुरुवाती तीन दिन ४ खेल र बाँकी ४ दिन दुई खेल हुनेछन् । नेपालले जेठ ९ गते बंगलादेशसँग, र जेठ १० गते भारतसँग खेल्नेछ ।
समूह एमा नेपालसँगै भारत, बंगलादेश र कीर्गिस्तान रहेको छ । अर्को समूहमा उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र काजकास्तान रहेका छन् । दुई समूहको राउन्ड रोविन लिगपछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरियताका लागि प्रतिस्पर्धा गर्नेछन् । च्यालेन्ज कपमा कुल २० खेल हुनेछ । च्यालेन्ज कपको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुद डटकम र कान्तिपुर टेलिभिजनले गर्नेछन् ।
च्यालेन्ज कपको लागि नेपालको १४ सदस्यीय टोली घोषणा भइसकेको छ । चोटका कारण महत्वपूर्ण स्पाइकर प्रतिभा माली र सेटर कृपा अधिकारी टोलीबाट बाहिरिएको छ ।
मिडल ब्लकर कविता भट्ट र संगम महतो, सेटर प्रगति नाथ, स्पाइकर रिमा कुँवर, पुजा चौधरी र लिवेरो शान्ति कला तामाङ पहिलोपटक टोलीमा पर्न सफल भएका छन् । स्पाइकर निरुता ठगुन्ना र पुनम चन्दले टोलीमा पूनरागमन गरेका छन् ।
१४ सदस्यीय नेपाली टोली
अरुणा शाही (कप्तान), सरस्वती चौधरी (स्पाइकर), निरुता ठगुन्ना (स्पाइकर), कविता भट्ट (मिडल ब्लकर), पुजा चौधरी (स्पाइकर), सलिना श्रेष्ठ (लिवेरो), प्रगति नाथ (सेटर), रिमा कुँवर (स्पाइकर), साफिया पुन (मिडल ब्लकर), संगम महतो (मिडल ब्लकर), उषा भण्डारी (स्पाइकर), कामना विष्ट (स्पाइकर), पुनम चन्द (स्पाइकर) र शन्तिकला तामाङ (लिवेरो)
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]