3 years ago
May 17, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) क्लबको आयोजनामा प्रथम महानिरीक्षक कृष्णमोहन श्रेष्ठको स्मृतिमा आयोजना हुँदै आएको राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको १६औं संस्करण जेठ तेस्रो साता आयोजना हुने भएको छ ।

आयोजक नेपाल एपिएफ क्लबले एपिएफ मुख्यालय हल्चोकमा पत्रकार सम्मेलन गरी प्रतियोगिता जेठ २१ देखि २४ गते सम्म एपिएफ मुख्यालय हल्चोकमै हुने सशस्त्र प्रहरी बलका प्रवक्ता तथा बरिष्ठ उपरिक्षक राजेन्द्र खड्काले जानकारी गराए ।
२०६० बाट निरन्तर भइरहेको प्रतियोगिता कोरोना भाइरस (कोभिड–१९) का कारण २०६५ देखि हुन नसकेको र यसपटकबाट निरन्तर हुने प्रवक्ता खड्काले बताए ।
राष्ट्रिय वरीयता प्रतियोगितासमेत रहेको प्रतियोगितामा पुरुष–महिला एकल र युगल, मिक्स युगल, पुरुष यु–१२ र यु–१९, भेट्रान्स युगल ४५ र ५५ बर्षमाथि तथा अन्तर सरकारी सेवा (बहाल तथा निबृत्त) ३५ बर्ष माथि गरि १० विधामा प्रतिस्पर्धा हुनेछ ।
एक खेलाडीमा बढीमा चार इभेन्ट्समा सहभागिता जनाउन पाउनेछन् । एक इभेन्ट्समा ८ टोली नभएमा उक्त इभेन्ट्समा प्रतिस्पर्धा नहुने एपिएफले जनाएको छ ।
कुल ८ लाख, ६५ हजार पुरस्कार रासी रहेको प्रतियोगितामा पुरुष र महिला एकलका विजयी शीर्ष तीनका खेलाडीहरुले नगद ७० हजार, ३५ हजार र २५ हजार प्राप्त गर्ने छन् । यस्तै युगलतर्फ पहिलो हुनेले नगद ५५ हजार, दोश्रो हुनेले नगद ३० हजार र तेस्रो हुनेले नगद २० हजार प्राप्त गर्नेछन् ।
यस्तै ब्वाईज १२ र १९ बर्ष मुनिका शिर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीहरुले नगद २५ हजार, १५ हजार र १० हजार प्राप्त गर्नेछन् । मिक्स युगलतर्फ प्रथमले ५० हजार, दोश्रोले ३० हजार र तेस्रोले २० हजार प्राप्त गर्नेछन् ।
भेट्रान्स तर्फका दुवै समूह र अन्तर सरकारी सेवाका शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीहरुले प्रथम हुनेले नगद ३० हजार, दोश्रो हुनेले २० हजार र तेस्रो हुनेले १५ हजार नगद प्राप्त गर्नेछन् । यसका साथै मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
कार्यक्रमलाई फर्मुला प्लस ईभेन्ट्स एवं एडभर्टाईजिङ प्रालि, नेपाल ब्याडमिन्टन संघ (प्राविधिक सहयोग), बागमती प्रदेश, योनेक्स सनराईज नेपाल, एपिएफ मेम्बर्स सोसाईटीले समन्वय र सहकार्य गरेको छ । साथै पत्रकार सम्मेलनमा १२औं सहवीर स्मृति खुल्ला राष्ट्रिय लन टेनिस प्रतियोगिता भदौमा सञ्चालन गरिने जानकारी गराएको छ ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]