default_image

3 years ago

May 22, 2023

अस्मिता र विकेशलाई स्वर्ण

218 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सिन्धुपाल्चोककी अस्मिता भुजेल र दोलखाका विकेश घिमिरेले दोस्रो बाग्मती प्रदेश खेलकुदको एथलेटिक्सतर्पm १५०० मिटर दौडमा स्वर्ण जितेका छन् ।

हेटौडास्थित पिप्ले क्याम्पा रंगशालामा सोमबारदेखि सुरु भएको प्रतिस्पर्धामा अस्मिता महिलातर्पm र विकेश पुरुषतर्पm स्वर्ण विजेता हुन् । विकेशले ४ मिनेट ३३ सेकेन्ड समय लगाए ।

सो विधामा नुवाकोटको दिनेश राईले रजत र काठमाडौंका पवनकुमार साहले कांस्य पदक जिते । महिलामा स्वर्ण विजेता अस्मिताले पाँच मिनेट ३२ सेकेन्ड समय लगाइन् ।

रामेछापकी भगवती खड्काले रजत र दोलखाकी सोनी घोतानेले कांस्य जिते । हाइजम्पमा दोलखाकी रोजिना कार्कीलेस्वर्ण प्राप्त गरिन् ।उनी १.३१ मिटर उचाई माथि उफ्रिन् ।

चितवनकी करुणा बोटले रजत र काभ्रेकी कविता गौतमले कांस्य पदक पाए । यसै विधामा पुरुषतर्पm चितवनका अविनाश सुनारले स्वर्ण जिते । उनी १.६९ मिटर उचाई उफ्रिए ।

सिन्धुलीका रोशनकुमार दनुवार रजत र चितवनका समीर चौधरी कांस्य पदक जित्न सफल भए । डिस्कस थ्रोमा महिलातर्फ रामेछापकी अनिता कार्कीले २१.९८ मिटर पर फ्याक्दै स्वर्ण जिते । दोलखाकी ममता सुनुवार रजत र नुवाकोटकी रोजिना राई कांस्य पदक जित्न सफल भए ।

पुरुषतर्फ भने रामेछापका रामकुमार माझीले स्वर्ण पदक प्राप्त गरे । उनले २७.७० मिटर पर फ्याके । चितवनका ललित राउत रजत र दीपेश महतो कांस्य जित्न सफल भए ।

तेक्वान्दो
दोस्रो बाग्मती प्रदेश खेलकुदअन्तर्गत तेक्वान्दोको पुरुष एकल पुम्सेमा काठमाडौंका राम गोलले स्वर्ण जिते । उनले ६.६३३ अंक जोडे । नुवाकोटका सुजन तामाङ दोश्रो तथा रामेछापका मनोज श्रेष्ठ र ललितपुरका श्रृजल श्रेष्ठ तेश्रो भए ।

उक्त स्पर्धाको महिलामा रामेछापकी सन्ध्या लामा ७.६६ अंकसाथ शीर्ष स्थानमा रहिन् । दोलखाकी हिमाला अधिकारी दोश्रो तथा सिन्धुपाल्चोककी मेनुका श्रेष्ठ र मकवानपुरकी कविना राई तेश्रो बने ।

हुप्राचौरमा भइरहेको प्रतियोगिताको पेयर पुम्सेमा काठमाडौंले स्वर्ण, रामेछापले रजत तथा काभ्रे र ललितपुरले कांस्य हात पारे । पुरुषको समूहगत पुम्सेमा काठमाडौं पहिलो, ललितपुर दोश्रो तथा नुवाकोट र रामेछाप तेश्रो स्थानमा रहे । महिला समूहगत पुम्से ललितपुरले स्वर्ण जित्यो । काठमाडौंले रजत तथा सिन्धुपाल्चोक र चितवनले कांस्य जिते ।

सुस्मितालाई स्वर्ण
ललितपुरकी सुस्मिता केसीले दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत आइटिएफ तेक्वान्दोको तेस्रो डान प्याटर्नमा स्वर्ण जितेकी छन् ।

हेटौडास्थित हुप्राचौर खेल मैदानमा सोमबारदेखि सुरु भएको आइटिएफको महिला सिनियर प्याटर्न (तेस्रो) मा सुस्मिताले अनुभवी खेलाडी चितवनकी रुविका खड्कालाई हराउँदै स्वर्ण जितेकी हुन् ।

यसै विधाको पुरुषमा काभ्रेका मनीष भैलाले स्वर्ण जित्दा ललितपुरका सागर श्रेष्ठलाई पछि पारे । दोस्रो डान प्याटर्नअन्तर्गत पुरुषमा ललितपुरका विष्णु भण्डारीले स्वर्ण र भक्तपुरका सिजन राई तथा महिलामा काभ्रेकी श्रृष्टि मल्लले स्वर्ण र ललितपुरकी दिलशा खत्रीले रजत पदक जिते ।

पहिलो डान प्याटर्नको महिलामा चितवनकी सुस्मिता तामाङ र भक्तपुरकी सबिना तामाङ शीर्ष दुई स्थानमा रहे । यसै विधाको पुरुषमा चितवनका आरएन महतोले स्वर्ण र भक्तपुरका सौरभ विश्वकर्माले रजत पदक प्राप्त गरे ।

जुनियर बेल्टमा पुरुषको रातो पेटीमा काभ्रेका रिजुल श्रेष्ठले स्वर्ण र सिन्धुपाल्चोकका सन्दीप सिम्खडाले रजत पदक जिते । यसै विधाको महिलामा भक्तपुरकी मुना राई स्वर्ण र चितवनकी सुस्मा तामाङ रजत जित्न सफल भए । नीलो पेटीतर्फ महिलामा ललितपुरकी आहाना तामाङले स्वर्ण र काभ्रेकी तुलसा गौतमले रजत पदक जिते ।

यसै विधाको पुरुषतर्फ काभ्रेका सुमन थापामगर स्वर्ण र रामेछापका साहिल दोङ रजत पदक जित्न सफल भए । पुरुष टिम प्याटर्नमा काभ्रेले स्वर्ण जित्दा भक्तपुरलाई पछि पा¥यो । महिलातर्फ भने चितवन पहिलो र भक्तपुर दोस्रो स्थानमा रह्यो ।

फुटबलमा मकवानपुरको विजयी सुरुआत
घरेलु टोली मकवानपुरले दोश्रो बागमती प्रदेश खेलकुदअन्तर्गत पुरुष फुटबलमा सोमबार विजयी सुरुआत गरेको छ । पिप्ले क्याम्पा रंगशालामा मकवानपुरले रसुवालाई ७–१ को फराकिलो गोलअन्तरले पराजित ग¥यो ।

त्यस्तै नुवाकोटले सिन्धुपाल्चोकलाई ३–१ तथा ललितपुरले सिन्धुलीलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराए । गौरीटारमा भएको महिला फुटबलको पहिलो दिन चितवनले धादिङलाई २–१ तथा काठमाडौंले भक्तपुरलाई ५–० गोलले पाखा लगाए ।

महिला क्रिकेटमा काठमाडौं च्याम्पियन
यशोदा विष्टको अलराउन्ड प्रदर्शनमा काठमाडौंले दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत सोमबार महिला क्रिकेटको उपाधि जितेको छ ।

चितवनस्थित गौतम बुद्ध क्रिकेट मैदानमा सम्पन्न फाइनलमा काठमाडौंले घरेलु टोली चितवनमाथि ५७ रनको रबाफिलो जितसहित उपाधि उचालेको हो । १२५ रनको लक्ष्य पछ्याएको चितवन १५.१ ओभरमा ६७ रनमै समेटिएपछि काठमाडौंले सहज जितसहित उपाधि उचाल्यो ।

काठमाडौंका बलर बिपिशा शाही र संस्कृति फुँयालले तीन तथा यशोदा विष्टले दुई विकेट लिँदै चितवनको इनिङ सस्तैमा समेटे । चितवनका लागि आरती बिडारीले २८ रनबाहेक अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १२४ रनको योगफल खडा गरेको थियो । काठमाडौंका लागि यशोदा विष्टले सर्वाधिक ४३ रन जोड्दा विन्दा कटवाल ४० रनमा नटआउट रहिन् ।

चितवनकी हेलिशा गुरुङले दुई तथा सुमन खतिवडाले एक विकेट लिए । फाइनलमा अलराउन्ड प्रदर्शन गरेकी काठमाडौंकी यशोदा विष्ट प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भइन् ।

चितवनकी सुमन खतिवडा उत्कृष्ट ब्याटर र काठमाडौंकी संस्कृति फुँयाल उत्कृष्ट बलर घोषित भए । पुरुष क्रिकेट मंगलबारदेखि चितवनस्थित गौतम बुद्ध क्रिकेट मैदानमै सुरु हुँदैछ । प्रतियोगितामा ११ जिल्लाको सहभागिता रहेको छ । रसुवा र सिन्धुली सहभागी छैनन् ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.