3 years ago
May 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामाथि प्रतिस्पर्धात्मक जित निकाल्दै काजकस्तान एनएससी काभा महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनल नजिक पुगेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार भएको दोस्रो खेलमा काजकस्तानले श्रीलंकामाथि ३–१ को जित निकालेको हो । लगातार दोस्रो जितसँगै काजकस्तानको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ ।
पहिलो सेट २५–१६ ले जितेको काजकस्तानले प्रतिस्पर्धात्मक बनेको दोस्रो सेट २८–२६ ले जित्न सफल भयो । तेस्रो सेट २५–१८ ले गुमाएको काजकस्तानले प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको चौथो सेटमा २९–२७ को जित निकाल्न सफल भयो ।
यस जितसँगै काजकस्तानको दुई खेलबाट ६ अंक पुगेको छ । श्रीलंका भने अंकविहीन छ । यो समूहमा उज्वेकिस्तानको ३ तथा माल्दिभ्स पनि अंक विहीन छ ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]