default_image

1 year ago

May 23, 2023

राष्ट्रिय टोलीमा कविता, प्रगति, पुजा र शान्तिको डेब्यु

214 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मिडल ब्लकर कविता भट्टसँगै सेटर प्रगति नाथ, स्पाइकर पुजा चौधरी र शान्ति कला तामाङले नेपाली महिला राष्ट्रिय टोलीमा डेब्यु गरेकी छिन् ।

एनएससी काभा महिला भलिबल च्यालेन्ज कप अन्तरगत बंगलादेशविरुद्धको खेलमा पहिलो सेटमा पहिलो रोजाईमा खेल्दै डेब्यु गरेकी हुन् ।

बेल्जियन मुख्य प्रशिक्षक जान डि ब्रान्टले मिडल ब्लकर साफिया पुनलाई विश्राम दिर्द कवितालाई मौका दिइन् । यस्तै नेपालले खेलमा १४–५ ले अग्रता लिइरहँदा पहिलो सेटमै स्पाइकर सरस्वती चौधरीको स्थानमा सेटर प्रगति नाथ तथा सेटर तथा कप्तान अरुणा शाहीको स्थानमा स्पाइकर पुजा चौधरी कोर्टमा छिर्दै डेब्यु गरिन् ।

यस्तै पहिलो सेटमै लिवेरो शान्ति कला तामाङले पनि डेब्यु गरिन् । यससँगै राष्ट्रिय टोलीमा परेका सबै ६ खेलाडीले राष्ट्रिय टोलीमा डेब्यु गरेका छन् । सोमबार मिडल ब्लकर संगम महतो र अपोजिट हिटर रिमा कुँवरले डेब्यु गरेका थिए ।

प्रगति नाथ (सेटर)
प्रगति नाथ नेपाली महिला भलिबलले पाएको उत्कृष्ट मध्येका एक सेटर हुन् । महिला भलिबलमा एकपछि अर्को प्रतिभावान् खेलाडी उत्पादन गरिरहेको होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबकी प्रगति नाथ क्लबमा भएको सेटर अभावमा उदाएकी प्रतिभा हुन् ।

१७ वर्षीय प्रगतिले छोटो समयमा आफूलाई क्लबको नयाँ भूमिकामा स्थापित मात्र गरिनन् । राष्ट्रिय टोलीमा समेत स्थान बनाउन सफल भइन् । रुकुम पश्चिम बफिकोटकी प्रगतिलाई न्यु डायमण्डका प्रशिक्षक कुमार राईले शारीरिक उचाइबाट प्रभावित हुँदै टपक्क टिपेर न्यु डायमण्डमा ल्याएका थिए ।

नियमित प्रशिक्षणसँगै न्यु डायमन्ड टोलीमा खेलेकी उनले छोटो समयमा नै सिनियर राष्ट्रिय टोलीको ढोका ढक्ढकाएकी छिन् । २०७६ को असोजपछि भलिबल खेल्न सिकेकी उनी यति छोटो समयमै राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भइन् । प्रशिक्षक राईले उनलाई शुरुमा अलराउन्डरको भुमिकामा खेलाउने सोच बनाएकी थिइन् ।

तयारी पनि त्यसै अनुरुप थियो । तर २०७८ को टाइगर कपअघि न्यु डायमन्डकी नियमित सेटर अरुणा शाहीले आयोजक टाइगर ग्रुपबाट खेल्ने भएपछि क्लबमै रहेकी अर्की सेटर प्रतीक्षा गुरुङ पनि परीक्षाका कारण नखेल्ने भएपछि प्रगतिले आफ्नो भुमिका परिवर्तन गर्दै घरेलु भलिबलमा छाप बसाउन सफल भइन् ।

पुजा चौधरी (अपोजिट हिटर)
पुजा चौधरी घरेलु भलिबलमा विभागीय नेपाल एपिएफ क्लबबाट खेल्ने गर्छिन् । उनी पनि सम्भावना बोकेकी खेलाडी हुन् । राष्ट्रिय टोलीमा एपिएफका खेलाडीको दवदवा रहँदा सुरुवाती समयमा उनले पहिलो रोजाईमा खेल्ने अवसर पाइनन् ।

तर, बाँके कोहलपुरकी उनले आफ्नो प्रदर्शनलाई निखार्दै आफुलाई पहिलो रोजाईमा खेल्न सक्ने बनाइन् । घरेलु भलिबलमा लगातार उच्च प्रदर्शनसँगै उनले पनि राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भइन् ।

कविता भट्ट (मिडल ब्लकर)
डडेलधुरा गन्यापधुरा १ भात्काडाँकी कविता भट्ट मिडल ब्लकर हुन् । अग्ली कदकी कविताले राष्ट्रिय टोलीमा प्रभाव जमाइरहेकी आफ्नै टोलीकी सहयात्री उषा कुमारी विष्ट र हीरा केसीसँगै आफ्नो प्रदर्शनलाई निखारिन् । एक समय त्रिभुवन आर्मी क्लबबाट समेत खेलेकी कविता अहिले एपिएफमा आबद्ध छिन् । एपिएफमा उषा विष्टको प्रदर्शन कमजोर हुँदा उनले त्यसमा आँफुलाई अब्बल ठहराइन् ।

शान्ति कला तामाङ (लिवेरो)
शारीरिक रुपमा निकै छरिता शान्ति कला तामाङ नेपाल पुलिस क्लबमा आबद्ध छिन् । यसअघि राष्ट्रिय टोलीको प्रशिक्षणमा परेपनि उनले अन्तिम टोलीमा भने स्थान बनाउन सकेकी थिइनन् ।

यसपटक टोलीमा दुई लिवेरो रहँदा खोटाङकी उनले मौका पाइन् । उनमा जुनसुकै अवस्थामा पनि विपक्षीको प्रहारलाई सहजै रिसिव गर्न सक्ने क्षमता छ । अब राष्ट्रिय टोलीमा उनले टोलीका नियमित सदस्य सलिना श्रेष्ठसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

July 22, 2024

रसियासँग नेपालको अर्काे हार

काठमाडौं (हाम्रो खेलकुद) – काभा नेसन्स लिगको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय भलिबल टोलीले रसियन टोलीसँग अर्काे हार बेहोरेको छ । यससँगै नेपालले दुई मैत्रीपुर्ण खेलकाे सिरिज रसियालाई २–० ले सुम्पिएकाे छ । सोमबार भएको दोस्रो खेलमा नेपाल ३–० को सोझो सेटमा पराजित हुन पुग्यो । यसअघि आइतबार भएको पहिलो खेलमा पनि नेपालले ३–० कै […]

July 18, 2024

एपिएफ र पुलिस विजयी

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिगमा बिहीबार नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । लिग सिजनको पहिलो जित दर्ता गर्ने क्रममा एपिएफले सातदोबाटो माथि २-१ को जित हात पारेको हो । जितमा विकास टिटुङ र किशोर गुरुङले १-१ गोल गरे । सातदोबाटोका लागि योहान्ना लिम्बूले अन्तिम समयमा १ गोल […]

July 15, 2024

अर्जेन्टिनालाई कोपा अमेरिका उपाधि

एजेन्सी – अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को उपाधि जितेको छ । लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा अर्जेन्टिनाले कोलम्बियालाई अतिरिक्त समयमा १-० ले हराएको हो । अर्जेन्टिनाका लागि लौतारो मार्टीनेजले १ सय १२औं मिनेटमा गोल गरे । ९७औं मिनेटमा मैदान प्रवेश गरेका उनले जियोभानी लो सेल्सोको थ्रु पासमा गोल गर्दै अर्जेन्टिनालाई उपाधि दिलाएका हुन् । […]

Success

Thank you for your time.