3 years ago
May 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – मकवानपुरकी डिना गोपाली र काठमाडौंका सहनचन्द्र शाहले जारी बागमती प्रदेश खेलकुदअन्तर्गत एथ्लेटिक्सको १०० मिटर दौडमा स्वर्ण जितेका छन् ।

हेटौडास्थित पिप्ले क्याम्पा रंगशालामा बुधबार सम्पन्न एथ्लेटिक्समा सय मिटर दौडमा महिलामा डिनाले र पुरुषमा सहनचन्द्रले स्वर्ण जितेका हुन् ।
सहनचन्द्रले ११.८६ सेकेन्ड र डिनाले १४.१९ सेकेन्ड समय लगाए । पुरुषमा चितवनका आशिष राउत र मकवानपुरका गौरव मोक्तानले क्रमशः रजत र कांस्य पदक जिते ।
महिलामा भने भक्तपुरकी स्वागता खाइजुले रजत र चितवनकी रोजिना गुरुङले कांस्य पदक जिते । दश हजार मिटर दौडमा महिलातर्फ सिन्धुपाल्चोककी निनु तामाङले स्वर्ण जितिन् । उनले ४७.१ मिनेट समय निकालिन् । दोलाखाकी सोनु घतानेले रजत र धादिङकी लक्ष्मी थापाले कांस्य पदक प्राप्त गरिन् ।
यसै विधाको पुरुषमा सिन्धुपाल्चोककी मिगमार सिङ्गीले ३६ मिनेट दुई सेकेन्डका साथ स्वर्ण जिते । काठमाडौंका धर्म महर्जन र पवनकुमार साह क्रमशः रजत र कांस्य पदक जित्न सफल भए ।

महिला ४०० मिटर दौडमा रामेछापकी भगवती खड्काले स्वर्ण जितिन् । उनले एक मिनेट ९ सेकेन्डमा दूरी पूरा गरिन् ।ललितपुरकी रजिना दुलालले रजत र नुवाकोटकी आस्था राईले कांस्य पदक जिते । यसै विधाको पुरुषमा चितवनका अमृत बोटले ५४.१३ सेकेन्डका साथ स्वर्ण पदक प्राप्त गरे ।
काभ्रेका प्रदीप माझीले रजत र सिन्धुलीका कर्णवीर अधिकारीले कांस्य पदक जिते । चार गुणा चार सय मिटर रिलेमा महिलामा भक्तपुर, चितवन र दोलखा शीर्ष तीन स्थानम रह्यो ।
पुरुषमा भने सिन्धुलीले स्वर्ण जित्दा चितवन र मकवानपुरले क्रमशः रजत र कांस्य जिते ।पुरुष ट्रिपल जम्पमा चितवनका सुजित महतोले स्वर्ण जिते । उनी १३.१९ मिटर उचाईमाथि उफ्रिए । चितवनकै सुदीप महतोले रजत र सिन्धुलीका रोशनकुमार दनुवारले कांस्य पदक पाए ।
महिलामा भने चितवनकी आसिका गुरुङले ९.६७ मिटर उचाई उफ्रिदै स्वर्ण प्राप्त गरिन् । काभ्रेकी विजया गुरुङले रजत र प्रनिशा महतोले कांस्य पदक जिते ।
जाप्लिन थ्रोको महिलामा चितवनकी अप्सरा श्रेष्ठले ३०.५० मिटर पर फ्याक्दै स्वर्ण जितिन् । रामेछापकी अनिता आले रजत र चितवनकी दिना सुनार कांस्य पदक जित्न सफल भए ।
पुरुषमा पनि चितवनकै दीपेश महतोले सफलता पाए । उनले ४९.४० मिटर पर फ्याके ।मकवानपुरका सुमन योञ्जनले रजत र नुवाकोटका रूपेश राईले कांस्य पदक जिते ।
पुरुषमा चितवनका सुजित महतो र महिलामा मकवानपुरकी डिना गोपाली उत्कृष्ट खेलाडी घोषित भए । सुजितले तीन स्वर्ण र एक रजत पदक जिते । डिनाले दुई स्वर्ण र एक रजत जिते ।
प्रतियोगितामा चितवन १३ स्वर्ण, सात रजत र ९ कांस्यसहित टिम च्याम्पियन भयो । त्यस्तै सिन्धुपाल्चोक दोस्रो हुँदा पाँच स्वर्ण, एक रजत र एक कांस्य जित्यो । रामेछाप र मकवानपुर संयुक्त रूपमा तेस्रो भयो । दुवैले समान तीन स्वर्ण, तीन रजक र दुई कांस्य पदक जिते ।
राजु र रिहानालाई स्वर्ण
चितवनका राजु गरन्जा र काठमाडौंकी रिहाना शेरचनले जारी दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत ब्याडमिन्टनको सिंगल्समा स्वर्ण जितेका छन् ।

हेटौंडा उपमहानगरपालिका– ११ स्थित थाना भ¥याङमा सम्पन्न फाइनलमा डिफेन्डिङ च्याम्पियन राजुले पुरुष सिंगल्स र रिहान्नाले महिला सिंगल्समा स्वर्ण जितेका हुन् । राजुले फाइनलमा चितवनकै निसान गुरुङलाई २१–१० र २१–५ ले हराए ।
रिहान्नाले भने स्वर्ण भिडन्तमा काठमाडौंकी मनीषा खड्कालाई २१–५ र २१–६ ले हराइन् । मकवानपुरकी आयुश्मा नेपालले कांस्य पदक जितिन् । पुरुषतर्फ काभ्रेका आशिष तामाङले कांस्य जिते ।
महिला डबल्समा रामेछापकी सोमा गुरुङ र संगीता तामाङको जोडीले स्वर्ण जिते । काठमाडौंकी मनीषा खड्का र रिहान्ना शेरचनको जोडीले कांस्य पदक प्राप्त गरे । पुरुष डबल्समा ललितपुरका ससिन डंगोल र संगीता तामाङको जोडीले सफलता पाए । यो विधामा चितवनका राजु गर्जा र सुरोज गुरुङले कांस्य पदक जिते ।
मिक्स डबल्समा भने मकवानपुरका अभिशेक बोस र आयुश्मा नेपालको जोडीले स्वर्ण पदक प्राप्त गरेका छन् । यो जोडीले फाइनलमा धादिङका अस्बिन थापामगर र रुबिना थापामाथि २१–४ र २१–१८ को सहज जित निकाले ।
धादिङका राम मल्ल ठकुरी र निस्था श्रेष्ठको जोडीले कांस्य पदक जिते । पाँच विधामा प्रतिस्पर्धा भएको ब्याडमिन्टनमा ५७ खेलाडी सहभागी थिए ।
सिन्धुली र काठमाडौं फाइनलमा
सिन्धुली र काठमाडौं दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत महिला फुटबलमा बुधबार फाइनलमा प्रवेश गरेका छन् । गौरीटार रंगशालामा भएको सेमिफाइनलमा सिन्धुलीले नुवाकोटलाई ३–० गोलले पराजित ग¥यो ।
सिन्धुलीका सचना लो, सेमिका परियार र बिटिशा बम्जनले १–१ गोल गरे । अर्को सेमिफाइनलमा काठमाडौंले चितवनलाई २–० गोलले हरायो । विजयी टिमका लागि एलिना तामाङ र सरस्वती ऐरले गोल गरे । फाइनल बिहीबार २ः०० बजे हुनेछ । पुरुष फुटबलमा भने सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनल काठमाडौं र ललितपुर तथा मकवानपुर र काभ्रेबीच हुनेछ ।
धादिङ र चितवन उपाधिका लागि भिड्ने
धादिङ र चितवन दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत पुरुष भलिबलमा बुधबार फाइनलमा प्रवेश गरेका छन् । हुप्राचौर भइरहेको प्रतियोगितामा धादिङले काठमाडौंलाई २५–२०, २२–२५ र १५–१० तथा चितवनले सिन्धुलीलाई २५–१९ र २५–२१ को सेटमा पराजित गरे ।
महिलामा काठमाडौं र दोलखाले उपाधि भिडन्त पक्का गरे । काठमाडौंले चितवनलाई २५–८ र २५–११ तथा दोलखाले धादिङलाई २५–२०, १९–२५ र १५–१३ ले हराए । फाइनल बिहीबार बिहान ९ः०० बजे हुनेछ ।
जुडोमा सात स्वर्ण छिनोफानो
दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत जुडोको पहिलो दिन बुधबार सात स्वर्णको छिनोफानो भएको छ । पुरुषमा ३ र महिलामा ४ स्वर्णको टुंगो लाग्यो ।

काठमाडौंको खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमएसी) को हलमा भएको प्रतियोगिताको पुरुष ६० केजीमुनि ललितपुरका ताराबहादुर भुजेलले ललितपुरकै सचिन वाइबा, ७३ केजीमुनि ललितपुरका राजु शर्मा बदाइले रसुवाका सुनिल नगरकोटी र काभ्रेका प्रवीणकुमार दियालीले नुवाकोटका प्रमोद तामाङलाई पराजित गरी स्वर्ण जिते ।
महिला ४८ केजीमुनि ललितपुरकी निशा श्रेष्ठले काभ्रेकी सुस्मिता नेपाली, ५७ केजीमुनि नुवाकोटकी अन्जु पाण्डेले काठमाडौंकी विनु गुरुङ, ५२ केजीमुनि ललितपुरकी देवकीमाया श्रेष्ठले भक्तपुरकी सकुन सुनुवार र ६३ केजीमुनि सिन्धुपाल्चोककी सुनिता ढकालले ललितपुरकी रेखा श्रेष्ठलाई हराउदै पहिलो स्थान हात पारे ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]