2 years ago
May 25, 2023
भद्रपुर (हाम्रो खेलकुद) – झापाको सदरमुकाम रहेको भद्रपुर नगरका किशोरीहरुलाई आत्मरक्षा तालिम दिन सुरु गरिएको छ ।
आपराधिक मनोवृत्तिका मानिसबाट हुनसक्ने आक्रमणबाट आफूलाई जोगाउन सहयोग पुगोस् भन्ने उद्देश्यले भद्रपुर नगरपालिकाका सबै वडाबाट समान ५ जनाका दरले ५० जनालाई बिहीबारदेखि आत्मरक्षा तालिम प्रदान गरिएको हो ।
नगरपालिकाको वार्षिक कार्यक्रमअन्तर्गत सामाजिक विकास शाखाको सहजीकरणमा मेची रंगशालास्थित कभर्डहलमा मार्सल आर्टका व्यावसायिक प्रशिक्षकहरुद्वारा सात दिने तालिम दिन थालिएको सामाजिक विकास शाखा प्रमुख जीवनकला राउतले बताइन् ।
नगरप्रमुख गणेश पोखरेलले तालिमको उद्घाटन गरे । कार्यक्रमकमे उद्घाटन नगर बाल सञ्जालका उपाध्यक्ष आरोग्य तिम्सिनाको अध्यक्षतामा भएको थियो । नगरप्रमुख पोखरेलले किशोरी–युवतीहरुका लागि आवश्यक र उपयोगी आत्मरक्षा सम्बन्धी तालिमले उनीहरुमा आत्मविश्वास बढ्ने बताए । उनले पूरा समय तालिममा सहभागी हुन र आफूले सिकेको ज्ञान आफ्ना नजिकका साथीहरुसँग पनि आदान–प्रदान गर्न आग्रह गरे ।
सामाजिक विकास शाखाकी सञ्जु कोइरालाले सञ्चालन गरेको उद्घाटन कार्यक्रममा ७ नम्बर वडाध्यक्ष अभिषेक ढुंगाना, ८ नम्बर वडाध्यक्ष गौरव सुब्बा, कार्यपालिकाको सामाजिक विकास समितिकी सदस्य ललिता ठाकुरलगायतले तालिम उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे ।
वरिष्ठ कराते प्रशिक्षक शौरभ प्रधान र सेल्फ डिफेन्स कोच सम्झना सारु मगरले आत्मरक्षा तालिम प्रदान गर्ने र अन्य जीवनोपयोगी कक्षाहरु पनि सञ्चालन हुने राउतले जानकारी दिइन् ।
June 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शीर्ष वरीयताकी विपना ब्लोन र शीर्ष वरीयता प्राप्त अरहान्त केशर सिंहले १३औं एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियनसिपको उपाधि जितेका छन् । विपना र अरहान्तले गत साता सम्पन्न भएकाे प्रथम बागमती प्रेसिडेण्ट स्क्वास कप २०८२ को पनि उपाधि जितेका थिए । नेपाल स्क्वास एन्ड र्याकेट्स संघको आयोजनामा सातदोबाटोस्थित आफ्नै भवनमा रहेको स्क्वास कोर्टमा शनिबार […]
June 9, 2025
सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी काली युनाइटेड र आयोजक म्याग्दी प्रवासी नेपाली संघ (मोना) नवौं मोना अस्ट्रेलिया कप भलिबलको च्याम्पियन बनेको छ । मोना पुरुषमा तथा म्याग्दी काली महिलामा च्याम्पियन बनेको हो । लिडकमस्थित ओबर्न बास्केटबल सेन्टरमा भएको फाइनलमा नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरी सम्मिलित मोनाले राष्ट्रिय टोलीकै पूर्व कप्तान मान बहादुर श्रेष्ठसम्मिलित […]
June 9, 2025
भुपेन्द्र जि.सी. नेपाल आईसीसी विश्वकप लिग-२ मा आइतबार राती घरेलु टोली स्कटल्याण्डसँग दुई रनले स्तब्ध भयो । जित्नलाई ३ सय २४ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ५० ओभरमा ३ सय २१ रन बनाउँदै अल आउट भयो । आफ्नो ओडीआई इतिहासकै सर्वाधिक रन बनाएपनि नेपालले खेल भने जित्न सकेन । बलिङमा करण केसीले सुरुवातमा दुई विकेट […]