काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंले दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत महिला फुटबलको उपाधि बिहीबार जितेको छ ।

गौरीटार रंगशालामा भएको फाइनलमा काठमाडौंले सिन्धुलीलाई २–० गोलले पराजित ग¥यो । काठमाडौंले पहिलो र दोश्रो हाफमा समान १–१ गोल ग¥यो ।
विजयी टिमका लागि सुजिता घलानले १० औं मिनेटमा गोल गर्दै काठमाडौंलाई अग्रता दिलाएकी थिइन् । काठमाडौंका लागि दोश्रो गोल मनीषा थापा मगरले ५८ औं मिनेटमा गोल गरिन् ।
काठमाडौंकी सरिता ऐर दुई व्यक्तिगत विधामा पुरस्कृत भइन् । सरिता प्रतियोगिताकै उत्कृष्ट खेलाडी र उत्कृष्ट फर्वाड घोषित भइन् ।
अन्य व्यक्तिगततर्फ गोलरक्षकमा काठमाडौंकी झरना नगरकोटी, डिफेन्समा सिन्धुलीकी सन्जिता मगर तथा प्रशिक्षकमा काठमाडौंका देवेन्द्रजंग शाही उत्कृष्ट चुनिए । प्रतियोगिता अवधिभर ४ गोल गरेकी काठमाडौंकी मनीषा थापा मगर सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहिन् ।
विजेतालाई सामाजिक विकास मन्त्रालय, बागमती प्रदेशकी मन्त्री कुमारी मोक्तान, बागमती प्रदेशकी सांसद् स्वरुपा भुजेल, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव सूर्यलाल भण्डारी, सामाजिक विकास मन्त्रालय, बागमती प्रदेशका सचिव रामकृष्ण पुडासैनी, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका कार्यालय प्रमुख देवनारायण चौधरीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
प्रतियोगितामा ९ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेको प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशकी सदस्य एवं महिला फुटबलकी संयोजक कल्पना शर्माले जनाएकी छन् ।
पुरुष फुटबलमा काठमाडौं र मकवापनुरले उपाधि भिडन्त पक्का गरे । पिप्ले क्याम्पा रंगशालामा भएको पहिलो सेमिफाइनलमा काठमाडौंले ललितपुरलाई १–० गोलले पराजित ग¥यो । कब्बु कन्दङवाले निर्णायक गोल गरे ।
मकवानपुरले काभ्रेमाथि ३–० को सहज जित दर्ता ग¥यो । प्रितम स्याङबोले १ तथा अभिषेक लामाले १ गोल गरे । फाइनल शनिबार हुनेछ ।