3 years ago
May 26, 2023
सुर्खेत (हाम्रो खेलकुद) – कर्णाली प्रदेशको राजधानी सुर्खेतको बीरेन्द्रनगरमा आयोजना हुने “दोस्रो मदन भण्डारी रिङ्ग रेस्लिङ्ग महाभिडन्त” राष्ट्रिय प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।

खुल्लामञ्च घन्टाघरमा शनिबार हुने उक्त प्रतियोगिताको तयारी पुरा भएको आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी रिङ रेस्लिङ विभागले जनाएको छ ।
प्रतियोगिताका लागि सम्पूर्ण खेलाडीहरु बीरेन्द्रनगर पुगी सकेको एकेडेमीका उपाध्यक्ष तथा कर्णाली प्रदेश इन्चार्ज तेजविक्रम बस्नेतले जानकारी दिए ।
बीरेन्द्रनगर पुगेको टोलीलाई शुक्रबार एक कार्यक्रमबीच नगरपालिकाकी मेयर मोहनमाया भण्डारी (ढकाल), प्रदेश खेलकुद बिकास परिषद्का उपाध्यक्ष प्रमोद हमाल लगायतले स्वागत गरेका थिए ।
सो अबसरमा नगर प्रमुख भण्डारीले प्रतियोगिताले समग्र खेलकुद विकाससंगै खेलकुद मार्फत नगरको पर्यटन विकासका लागि महत्वपूर्ण हुने बताइन् । उनले सम्पूर्ण नगरवासीहरुलाई खेलको मनोरन्जन लिन कार्यक्रमस्थल खुल्लामञ्चमा आउन आग्रह समेत गरिन् ।
प्रतियोगिताअन्तर्गत लाइट वेटतर्फ सिजे वर्ल्ड र कम्ब्याटको रोचक भिडन्त हुने छ भने महिलातर्फ तन्नु र आकृती भिड्ने छन् । त्यसै गरी ट्याग टिममात टुप्पी ग्याङले सुजलको टिमसंग तथा एक्स हिरोका विच तथा हार्डकोर भिडन्तमा चट्टान र स्पाइडर म्यान उपाधिका लागि भिड्ने छन् ।
लाइट वेटमा डेभिड र साइनले एक अर्काको सामना गर्नेछन् । यो संगै नुवाकोटे टाइगर र किङ रोर्वोट हेभीवेट तर्फ रोचक भिडन्त हुनेछ ।
प्रतियोगितामा लाइट वेटतर्फको विजेताले नगद रु ५० हजार, ट्याग टिम च्याम्पियनले नगद रु ५० हजार, लेडिज वेट च्याम्पियनले नगद रु ६० हजार, मिडल वेट च्याम्पियनले नगद रु ७० हजार, हार्डकोर च्याम्पियनले नगद रु ७५ हजार र हेभीवेट च्याम्पियनले नगद रु १ लाख ५ हजार प्राप्त गर्नेछन् ।
सबै विजेतालाई नगदका साथमा मेडल, प्रमाणपत्र च्याम्पियन बेल्ट प्रदान गरिने एकेडेमीकी उपमहासचिव सुवर्ण श्रेष्ठले बताइन् ।
एकेडेमीका उपाध्यक्ष तथा प्रदेश इन्चार्ज बस्नेतले नगरपालिकाले खेलाडीहरुलाई स्वागत गरी आयोजक तथा खेलाडीहरुको हौसला बढाएकोमा आभार व्यक्त गरे ।
उपाध्यक्ष बस्नेतले प्रतियोगिताले कर्णाली प्रदेशवासी खेलप्रेमीहरुको ध्यान आकृष्ट गर्न सफल हुनु साथै कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुदको प्रचार प्रसारमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्रतियोगिता सम्पन्न गर्न करिव २१ लाख खर्च हुने आयोजकले जनाएको छ ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]