3 years ago
May 26, 2023
हेटौंडा (हाम्रो खेलकुद) – मकवानपुरको पुरुष र महिला टोली हेटौडामा जारी दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत रग्बी प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

पिप्लेस्थित पिप्ले क्याम्पा रंगशालामा शुक्रबार सम्पन्न सेमिफाइनलमा मकवानपुरले महिलातर्फ चितवन र पुरुषमा रामेछापमाथि जित निकाल्दै स्वर्ण प्रतिस्पर्धाको यात्रा तय गरेका हुन् ।
महिला मकवानपुरले चितवनलाई ४९–० को फराकिलो अन्तरले हरायो । मकवानपुरको जितमा मनीषा घिसिङ एक्लैले पाँच ट्राइ गरिन् ।
पुष्पा खड्का तीन ट्राइ र सृसा लोप्चन एक ट्राइ गर्न सफल भए । पुरुषमा भने मकवानपुरले रामेछापमाथि २५–० ले हराउँदा विशेक बछार, सुजन लोप्चन, विक्रम भारती र अभि राईले समान एक ट्राइ गरे ।
महिलाकै अर्को सेमिफाइनलमा ललितपुरले काठमाडौंमाथि ७–० स्कोरको जित निकाल्दै मकवानपुरसँगको भेट पक्का ग¥यो । पुस्तिका वाग्लेले एक ट्राइ र एक कनभर्जन किक प्रहार गरिन् ।

पुरुषकै अर्को सेमिफाइनलमा भक्तपुरले काभ्रेलाई २९–० स्कोरले हरायो । भक्तपुरका लागि गणेश बानियाले तीन ट्राइ, सुरज रानाले दुई ट्राई र नीरज कार्कीले दुई कनभर्जन किक प्रहार गरे ।
पुरुषतर्फ आठ जिल्ला र महिलामा पाँच जिल्लाले प्रतिस्पर्धा गरेका थिए । महिला र पुरुषको फाइनल र तेस्रो स्थानका लागि प्रतिस्पर्धा शनिबार नै हुनेछन् ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]