3 years ago
May 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विभिशा श्रेष्ठ पहिलो नेपाली व्यवसायिक महिला बक्सर बनेकी छन् । थाइल्यान्डमा आयोजना भएको हाइल्यान्ड प्रमोशन अन्तर्गत चार राउन्डको प्रोफेशनल बक्सिङ बाउट खेल्दै उनी नेपालको पहिलो व्यवसायिक महिला बक्सर बनेकी हुन् ।

उनले घरेलु खेलाडी डमोन्था थानीलाई पराजित गरिन् । हाइल्यान्ड प्रमोशन अन्तर्गत चार राउन्डको प्रोफेशनल बक्सिङ बाउट एसियाको शीर्ष बक्सिङ प्रमोशन प्रतियोगिता मध्येको एक हो ।
विभिशाले एबिसीको नियम अनुसार एटओजेड ग्लोभ्स र हेड गियरबिना चार राउन्डमा प्रतिस्पर्धा गरेकी थिइन् । हाइल्यान्ड प्रमोशन डब्ल्युबिसी, डब्ल्युबिए, एबिएफ र डब्ल्युओबीको मान्यता प्राप्त प्रतियोगिता हो ।


December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]