3 years ago
May 31, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सितोरियो कराते संघको बार्षिक कार्यक्रम अनुसार शाखा डोजो नक्सालको २४औं वार्षिकोत्सव तथा गणतन्त्र दिवसको अवसरमा आयोजना भएको नवौ सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता सम्पन्न भएको छ ।

उक्त प्रतियोगितामा नेपालको तर्फबाट सर्वाधिक पदक जित्दै बुढानिलकण्ठ डोजो टिम प्रथम, भारत टीम दोस्रो र श्रीलंका टिम तेस्रो हुन सफल भएको छ । नेपालको लुम्विनी प्रदेश रुपन्देही कराते टिमले उत्कृष्ट मार्चपास टिमको उपाधि जित्यो ।
आयोजक नक्साल डोजोले बेस्ट फेयर प्ले टिम र बागमती प्रदेशका सानो गौचरण डोजोले उत्कृष्ट अनुशासित टिम ट्रफी हात पारे । पुरुष सिनियरतर्फ नेपालका सुजल भुजेल र महिलातर्फ श्रीलंकाकी एचएमईमासा हान्सी दिलसारा उत्कृष्ट खेलाडी घोषित भइन् ।
चार दिने प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, बंगलादेश र ईजरायलका खेलाडी, रेफ्री अफिसियलसहित करिव ३ हजार जनाको सहभागिता रहेको थियो ।
उक्त प्रतियोगितामा खेलकुद क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै र गत चैत्र ११ गते नेपाल कराते महासंघको निर्वाचनमा निर्वाचित हुने अध्यक्ष युवराज लामा, महासचिव दावा गुरुङ र उपाध्यक्षद्धय देव कुमार लामा र मजिन्द्र सिंहलाईविशिष्ट सम्मान पनि गरिएको थियो ।
यस्तै नेपाल कराते महासंघका सदस्य तथा बरिष्ठ प्रशिक्षक राम सिंह ठकुरी, नेपाल कराते महासंघका सल्लाहकार एवम सोतोकान कराते संघ नेपालका प्रमुख प्रशिक्षक निवाश गोपाल बैध, नक्साल डोजोका संस्थापक सदस्य तथा प्रशिक्षक पुनम श्रेष्ठ खपाङ्गी, श्रीलंकामा भएको अन्तर्रािष्ट्रय कराते प्रतियोगितामा नक्साल डोजो सहभागी भई २ स्वर्ण र एक रजत पदक दिलाउन सफल खेलाडीहरु सोनम बलामी, बुद्धीमान माझी र ऐटन कुमार मल्ललाई सम्मान गरिएको छ ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]