default_image

3 years ago

June 3, 2023

एपिएफलाई भलिबल उपाधि

326 views

0 Bookmark

मकवानपुर (हाम्रो खेलकुद) – हेटौंडामा भएको खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लबले जितेको छ ।

मकवानपुरको हेटौंडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा भएको फाइनलमा शनिबार विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफले उपाधि जित्न सफल भएको हो ।

एपीएफले पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेट १७–२५ ले गुमाएको एपिएफले त्यसपछिको दुवै सेट २५–१७ र २९–२७ ले आफ्नो पक्षमा पार्दै उपाधि जित्न सफल भयो ।

उपाधीसँगै एपीएफले २ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता आर्मीले १ लाख रुपैयाँमा हात पारेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपीएफका विजयी थापा घोषित भए । उनले १५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको उत्कृष्ट सेटर एपीएफका सुबास कुँवर, उत्कृष्ट स्पाइकर आर्मीका शरण सामरी, उत्कृष्ट डिफेन्ड आर्मीका इश्वर थापा, उत्कृष्ट ब्लकर आर्मीका सञ्जय चौधरी र उत्कृष्ट प्रशिक्षक एपीएफका पुष्प मल्ल घोषित भए । विधागत उत्कृष्टले समान ५ हजार रुपैयाँ प्राप्त गरे ।

सेमिफाइनलमा पराजित गण्डकी प्रदेश र नेपाल पुलिस क्लबले समान ५० हजार रुपैयाँ प्राप्त गरेको छ । केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान नेपाल र मकवानपुर जिल्ला भलिबल संघको संयुक्त आयोजनामा प्रतियोगिता भएको हो ।

स्वर्गीय केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान र मकवानपुर जिल्ला भलिबल संघको संयुक्त आयोजनामा गत जेठ १६ गतेबाट संचालन भएको प्रतियोगिता राष्ट्रिय र मोफसलका गरी १० टिमले सहभागिता जनाएका थिए ।

December 8, 2025

इस्ट बंगालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल  र  रेस्टी नान्जिरीले समान १ गोल‌ गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

Success

Thank you for your time.