3 years ago
June 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – कर्णाली प्रदेश र बागमती प्रदेशले बागमती राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिताको उपाधि आइतबार जितेका छन् ।

कर्णाली पुरुष तथा बागमती महिलामा च्याम्पियन बने । भक्तपुरको सानो थिमी मैदानमा भएको पुरुष फाइनलमा कर्णालीले नेपाल आर्मीलाई सडन डेथमा ५–० स्कोरले पराजित ग¥यो ।
निर्धारित १४ मिनेटको खेल १४–१४ स्कोरको बराबरीमा टुंगिएको थियो । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा भएको प्रतियोगिताअन्तर्गत महिलाको उपाधि भिडन्तमा बागमतीले आर्मीलाई २१–५ स्कोरले हरायो ।

दुवै समूहका विजेताले ५० हजार तथा उपविजेताले ३० हजार नगद पुरस्कार हात पारे । पुरुषमा कर्णालीका निरोज कार्की तथा महिलामा बागमतीकी सिर्जना राई उत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्टद्वयले जनही ५ हजार नगद पुरस्कार पाए ।
विजेतालाई मध्यपुर थिमी नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य हिक्मत थपलियालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । पु
रुष र महिलामा समान ७–७ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । यसै प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शनका आधारमा कतारमा हुने एसिया रग्बी सेभेन्स तथा चीनमा हुने एसियाली खेलकुदका लागि खेलाडीको प्रारम्भिक छनोट गरिने छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]