default_image

4 months ago

June 4, 2023

स्वस्तिश्री एसइइ कार्निभल सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद) – स्वस्तिश्री गुरुकुल आईबी वल्र्ड स्कुलको आयोजनामा स्वस्तिश्री एसइइ कानिर्भल आइतबार सम्पन्न भएको छ । कार्निभलमा फुटसल, बास्केटबल र टेबल टेनिस प्रतियोगिता भएको थियो । टेबल टेनिसको ब्वाइज सिंगल्समा आदर्श विद्या मन्दिरका एलेन महर्जन पहिलो तथा लिटिल एन्जल्स (एलए) का शिवभक्त श्रेष्ठ दोश्रो भए । गल्र्समा एभीएमका इभाना थापा पहिलो तथा वियंका […]

47 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्वस्तिश्री गुरुकुल आईबी वल्र्ड स्कुलको आयोजनामा स्वस्तिश्री एसइइ कानिर्भल आइतबार सम्पन्न भएको छ ।

कार्निभलमा फुटसल, बास्केटबल र टेबल टेनिस प्रतियोगिता भएको थियो । टेबल टेनिसको ब्वाइज सिंगल्समा आदर्श विद्या मन्दिरका एलेन महर्जन पहिलो तथा लिटिल एन्जल्स (एलए) का शिवभक्त श्रेष्ठ दोश्रो भए ।

गल्र्समा एभीएमका इभाना थापा पहिलो तथा वियंका राई दोश्रो भइन् । ब्वाइज र गल्र्स टिम इभेन्टमा एभीएमले शीर्ष स्थान कब्जा गर्दै १५ हजार नगद पुरस्कार जित्यो ।

ब्वाइज फुटसलमा प्रिमियरले उपाधि जित्यो । सेक्रेट हार्ट स्कुल दोश्रो भयो । विजेताले ५५ हजार तथा उपविजेताले ३० हजार नगद पुरस्कार प्राप्त गरे ।

मल्पी इन्टरनेसनल स्कुलका सार्थक थापा उत्कृष्ट खेलाडी, सेक्रेट हार्टका केन्द्रराज कुलुङ उत्कृष्ट गोलरक्षक र महेश दाहाल सार्वधिक गोलकर्ता बने । १६ टिमले प्रतिस्पर्धा गरेका थिए ।

ब्वाइज बास्केटबलमा टिम ऋितिक विजेता तथा टिम ग्रान्डी उपविजेता बने । विजेतालाई ३० हजार तथा उपविजेतालाई १५ हजार नगदबाट पुरस्कृत गरियो । टिम ऋितिकका सुशान्त कार्की ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

विजेतालाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ, नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, टेबल टेनिसका प्रमुख प्रशिक्षक सन्जिव ढुंगेल, स्वस्तिश्रीकी प्रबन्ध निर्देशक मिना महर्जन चित्रकार, स्वस्तिश्रीका ब्रान्ड एम्बासडर एवं नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङ, स्वस्तिश्रीकी प्रिन्सिपल नेहा केसीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

खेलहरु सानो भ¥याङस्थित आयोजकको हातामा भएको थियो ।

October 4, 2023

आयोजक ढोरपाटन र पोखरालाई ढोरपाटन रनिङ कप भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – आयोजक ढोरपाटन क्लब अस्ट्रेलिया र पोखरा भलिबल क्लब चौथो संस्करणको महिला र पुरुष ढोरपाटन रनिङ कप भलिबल २०२३ काे च्याम्पियन बनेका छन् । ढोरपाटन पुरुषतर्फ तथा पोखरा महिलातर्फ च्याम्पियन बनेका हुन् । अवर्न बास्केटबल सेन्टर लिडकममा भएको पुरुषतर्फको फाइनलमा ढोरपाटनले छन्त्याल परिवार अष्ट्रेलिया (सिपिए) लाई ३–१ को सेटमा पराजित गर्दै उपाधि […]

October 1, 2023

अभिनाशलाई एकै ओभरमा तीन विकेट

हाङ्गचौं (हाम्रो खेलकुद) – नेपालका तीव्र गतिका बलर अभिनाश बोहराले १९ औं एसियाली खेलकुद (एसियाड) मा माल्दिभ्सविरुद्ध एकै ओभरमा तीन विकेट लिएका छन् । जितको लागि २ सय १३ रनको विशाल विजयी लक्ष्य पछ्याएको माल्दिभ्सले ७ ओभरमा ५ विकेट गुमाउँदै २० रन बनाएको छ । नेपाललाई तीव्र गतिका बलर सोमपाल कामीले पहिलो ओभरको चौथो बलमै […]

September 29, 2023

हिसुब काठमाडौं रेजर्सको मार्की खेलाडी

काठमाडौं(हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका फरवार्ड हिसुब थपलिया नेपाल सुपर लिग (एनएसएल) मा साविक विजेता टोली काठमाडौं रेजर्सको मार्की खेलाडीको रुपमा अनुबन्ध भएका छन् । दोस्रो संस्करणका लागि काठमाडौंले हिसुबलाई मार्की खेलाडीको रुपमा टोलीमा भित्र्याएको छ । मोरङ अटो वर्क्स इन्टरप्राइजेजको मातहतमा रहेको काठमाडौंले केही समय अगाडि मात्र राष्ट्रिय टोलीबाट डेब्यु गरेका फरवार्ड हिसुबलाई […]

Success

Thank you for your time.