4 months ago
June 5, 2023
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल कुराँश संघको आयोजनामा यसै साता दोस्रो राष्ट्रिय कुराँश प्रतियोगिता हुने भएको छ । सुनसरीको धरानमा जेठ २६ देखि २८ गते सम्म हुने प्रतियोगितामा सातैं प्रदेश तथा तीन विभाग (नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी) गरि १० टोलीको सहभागिता रहने संघले जनाएको छ । प्रतियोगितामा महिला पुरुषको सिनियर र जुनियरमा प्रतिस्पर्धा […]
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल कुराँश संघको आयोजनामा यसै साता दोस्रो राष्ट्रिय कुराँश प्रतियोगिता हुने भएको छ । सुनसरीको धरानमा जेठ २६ देखि २८ गते सम्म हुने प्रतियोगितामा सातैं प्रदेश तथा तीन विभाग (नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी) गरि १० टोलीको सहभागिता रहने संघले जनाएको छ ।
प्रतियोगितामा महिला पुरुषको सिनियर र जुनियरमा प्रतिस्पर्धा हुनेछ । महिला जुनियरमा ३६ केजी.मुनी ४० केजी मुनी, ४४ केजी., ४८ केजी मुनी., –५२ केजी मुनी,५७ केजी मुनी, ६३ केजी मुनी र ६३ केजी माथि सिनियर तर्फ.४० केजी मुनी,४४ केजी मुनी, ४८ केजी मुनी, ५२ केजी मुनी, ५७ केजी मुनी, ६३ केजी मुनी,७० केजी मुनी र ७० केजीमाथिमा प्रतिस्पर्धा हुनेछ ।
त्यस्तै पुरुष जुनियरमा २५ केजी मुनी, ३० केजी मुनी, ३५ केजी मुनी, ४० केजी मुनी, ४५ केजी मुनी, ५० केजी.मुनी ५० केजी माथि सिनियरतर्फ ४० केजी मुनी, ४४ केजी मुनी, ४८ केजी मुनी., ५२ केजी मुनी, ५७ केजी मुनी, ६३ केजी मुनी, ७३ केजी मुनी र ७३ केजी.माथिमा प्रतिस्पर्धा हुनेछ ।
झण्डै १ सय खेलाडी सहभागिता हुने प्रतियोगिता सन्चालनका लागि २० लाख ५० हजार खर्च हुने अनुमान रहेको प्रतियोगिता संयोजक जीवन राईले जानकारी दिए । अन्तराष्ट्रिय कुराँश महासंघका कार्यवाहक टेक्निकल डाइरेक्टर रवि कपुर प्राविधिक सहयोग र प्रतियोगिता अवलोकन गर्न नेपाल आउने संघले जानकारी दिएको छ ।
October 4, 2023
सिड्नी (हाम्रो खेलकुद) – आयोजक ढोरपाटन क्लब अस्ट्रेलिया र पोखरा भलिबल क्लब चौथो संस्करणको महिला र पुरुष ढोरपाटन रनिङ कप भलिबल २०२३ काे च्याम्पियन बनेका छन् । ढोरपाटन पुरुषतर्फ तथा पोखरा महिलातर्फ च्याम्पियन बनेका हुन् । अवर्न बास्केटबल सेन्टर लिडकममा भएको पुरुषतर्फको फाइनलमा ढोरपाटनले छन्त्याल परिवार अष्ट्रेलिया (सिपिए) लाई ३–१ को सेटमा पराजित गर्दै उपाधि […]
October 1, 2023
हाङ्गचौं (हाम्रो खेलकुद) – नेपालका तीव्र गतिका बलर अभिनाश बोहराले १९ औं एसियाली खेलकुद (एसियाड) मा माल्दिभ्सविरुद्ध एकै ओभरमा तीन विकेट लिएका छन् । जितको लागि २ सय १३ रनको विशाल विजयी लक्ष्य पछ्याएको माल्दिभ्सले ७ ओभरमा ५ विकेट गुमाउँदै २० रन बनाएको छ । नेपाललाई तीव्र गतिका बलर सोमपाल कामीले पहिलो ओभरको चौथो बलमै […]
September 29, 2023
काठमाडौं(हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका फरवार्ड हिसुब थपलिया नेपाल सुपर लिग (एनएसएल) मा साविक विजेता टोली काठमाडौं रेजर्सको मार्की खेलाडीको रुपमा अनुबन्ध भएका छन् । दोस्रो संस्करणका लागि काठमाडौंले हिसुबलाई मार्की खेलाडीको रुपमा टोलीमा भित्र्याएको छ । मोरङ अटो वर्क्स इन्टरप्राइजेजको मातहतमा रहेको काठमाडौंले केही समय अगाडि मात्र राष्ट्रिय टोलीबाट डेब्यु गरेका फरवार्ड हिसुबलाई […]