default_image

2 years ago

June 7, 2023

प्रिन्स र रशिला फाइनलमा

280 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबका प्रिन्स दाहाल र त्रिभुवन आर्मी क्लबकी रशिला महर्जन १६औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला ब्याडमिन्टन प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

प्रिन्स पुरुष एकलमा तथा रशिला महिला एकलमा उपाधिनजिक पुगेका हुन् । नेपाल एपीएफ क्लवको आयोजनामा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकस्थित नेपाल एपीएफ क्लबको कभर्डहलमा बुधबार भएको पुरुष एकलतर्फ आर्मीका रुकेशले एपीएफका देवराज रानालाई १४–२१, २१–१३ र २४–२२ र एपीएफका प्रिन्स दाहालले एपीएफकै क्षितिज खनाललाई २१–१५ र २१–११ ले पराजित गरी फाइनलमा भिडन्त तय गरे ।

महिला एकलतर्फ आर्मीकी रशिला महर्जनले आफ्नै क्लबकी अमिता गिरीलाई २१–१९ र २१–१५ ले पराजित गरी फाइनलमा स्थान बनाएकी छिन् ।

महिला युगलतर्फ नेपाल एपीएफ क्लबकी जेसीका गुरुङ र सुनैना मुखियको जोडीले एपीएफकी पुजा श्रेष्ठ र भोजपुरकी नङ्सलदेवी तामाङको जोडीलाई २१–११ र २१–१८ ले तथा आर्मीकी रशिला महर्जन र अनुमाया राईको जोडीले भोजपुरकी सीता राई र कस्तुरी कलेजकी सीमा राजबंशीको जोडीलाई २१–९ र २१–१५ ले पराजित गरी फाइनलमा प्रवेश गरेका छन् ।

भेट्रान्स युगल ४५ बर्ष माथि एपीएफका संजय कपाली र अनिल थाम्सुहाङ्को जोडी फाइननलमा प्रवेश गरेका छन् । ब्वाईज यू–१२ तर्फ आर्मीका सुदेश राजकोटी र आर्मीकै रिजन मगर फाइनलमा भिड्ने भएका छ् । भेट्रान्स युगल ५५ बर्ष माथि एपीएफका प्रेमकुमार श्रेष्ठ र चेतसिंह थापाको जोडी फाइनलमा प्रवेश गरेका छन् ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.