default_image

2 years ago

June 10, 2023

मनास्लु र ललितपुर हाईलाई उपाधि

298 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मनास्लु वल्र्ड कलेज र ललितपुर हाइले मदन भण्डारी कप दोश्रो खुला बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । मनास्लु पुरुष तथा ललितपुर हाइ महिलामा च्याम्पियन बने ।

कीर्तिपुर कभर्डहलमा भएको पुरुष फाइनलमा मनास्लुले नेपाल आर्मीलाई ८६–६६ ले पराजित ग¥यो । महिलाको उपाधि भिडन्तमा ललितपुर हाइले बूढानीलकण्ठलाई ५३–४१ ले हरायो । दुवैमा प्रथम हुनेले १ लाख ५० हजार तथा दोश्रोले ५० हजार नगद पुरस्कार पाए ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीद्वारा आयोजित प्रतियोगिताको पुरुषमा मनास्लुका जय दीप तथा महिलामा ललितपुर हाइकी काभ्या सिङला ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

विजेतालाई काठमाडौं महानगरपालिकाकी उप मेयर सुनिता डंगोल, आयोजक एकेडेमीका अध्यक्ष ध्रुव आचार्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.