2 years ago
June 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – प्रिन्स दाहाल र रशिला महर्जन यसै बर्षको सेप्टेम्बरमा चीनको गाङ्गजाउमा आयोजना हुने १९औंएशियन गेम्सका लागि छनोट भएका छन् ।

नेपाल ब्याड्मिन्टन संघले निर्धारित दुई पुरुष र दुई महिलाको लागि देवीनगर ब्याडमिन्टन क्लबमा आयोजना गरेको छनोट प्रतियोगिताबाट दाहाल र महर्जनसँगै सुनिल जोशी र जेशिका गुरुङ पनि छनोट भएका छन् । वैकल्पिक खेलाडीमा पुरुषतर्फ बिष्णु कटुवाल र महिलातर्फ अनुमाया राई छनोट भएका छन् ।
चारै खेलाडीको एशियन गेम्सको यात्रा पहिलो हो । एशियन गेम्समा ब्याडमिन्टनको उपलब्धिलाई हेर्ने हो भने पुरुष टिम इभेन्टसमा क्वाटरफाइनल सम्मको यात्रा तय गरेको छ ।
दक्षिण कोरियाको इन्चोनमा भएको १७औ र इन्डोनेसियामा भएको १८औ एशियन गेम्समा हामी पुरुष टिम इभेन्ट्समा क्वाटरफाइनल सम्म पुग्दै पाचौं स्थान हासिल गर्न सफल भएको थियो ।
तर अहिले खेलाडीको स्तर राम्रो भएता पनि खेलाडीको कोटा कम भएकोले टिम इभेन्ट्समा यसपाली प्रतिस्पर्धा नगराइने नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले जानकारी गराए ।
खेलाडीको स्तरलाई हेर्दा प्रिन्स जुनियरतर्फ विश्व नम्बर एक रहिसकेका छन् । यस्तै रशिला जुनियर युगलतर्फ बिश्व छैटौं स्थानमा रहिसकेको संघका सचिव नविन विक्रम शाहले जानकारी गराएका छन् ।
छनोट हुन सफल खेलाडीहरुको मनोबल उच्च पार्ने क्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्गले खेलाडीहरुलाई खादा लगाएर राम्रो नतिजा प्राप्त गर्न शुभकामना प्रदान गरेका छन् ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]