2 years ago
June 12, 2023
एजेन्सी – सर्वियन टेनिस स्टार नोभाक जोकोभिचले कीर्तिमानी २३औं ग्राण्डस्लाम उपाधि जितेका छन् । आइतबार राति फ्रेन्च ओपनको उपाधि जित्दै जोकोभिचले कीर्तिमानी २३औं ग्रान्डस्लाम उपाधि जित्न सफल भएका हुन् ।

जोकोभिचले नर्वेका क्यास्पर रुडलाई ३–० को सोझो सेटमा हराएर तेस्रो पटक फ्रेन्च ओपनको उपाधि जित्दै कीर्तिमान बनाएका हुन् ।
जोकोभिचले रुडमाथि ७–६ (७–१), ६–३ र ७–५ को सोझो सेटमा जित निकाल्यो । पहिलो सेटमा दवाव झेलेपनि जोकोभिच विजयी भयो । दोस्रो सेटमा सहजै जित निकालेको जोकोभिचले तेस्रो सेटमा दवाव झेलेपनि त्यसलाई पार गर्न सफल भयो ।
जोकोभिचले सर्वाधिक २२ ग्रान्डस्लाम उपाधि जित्ने स्पेनिस राफयल नाडाललाई पछि पार्दै कीर्तिमान बनाएका हुन् । ३६ वर्षीय जोकोभिचले यस वर्षको पहिलो ग्राण्डल्लाम अष्ट्रेलियन ओपनको उपाधि जित्दै नाडालसँगको कीर्तिमान बराबरी गरेका थिए ।
यस्तै जोकोभिच चारवटै ग्राण्डल्लाम कम्तीमा तीन पटक जित्ने पहिलो खेलाडीसमेत बनेका छन् । उनले अष्ट्रेलियन ओपन १० पटक, विम्बल्डन ७ पटक तथा फ्रेन्च ओपन र यूएस ओपन समान तीन पटक जितेका छन् ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]