default_image

1 year ago

June 12, 2023

फुटबलले यसरि सम्झियो स्वर्गीय ललितकृष्ण श्रेष्ठलाई

90 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्फाका पूर्व कार्यवाहक अध्यक्ष स्वर्गीय ललितकृष्ण श्रेष्ठको आठौं वार्षिक पुण्य तिथिको दिन एन्फा परिसर सातदोबाटोमा श्रद्धाञ्जली सभा आयोजना गर्यो ।

एन्फाको कार्यवाहक अध्यक्ष पदमा रहँदा श्रेष्ठको २०७२ साल जेठ २९ गते देहान्त भएको थियो । आफ्नो निवासमा करेन्ट लागेर मृत्यु भएका श्रेष्ठको एन्फा मुख्यालय अगाडी सालिक राखिएको छ । सोमबार विहान एन्फामा आयोजित सभामा फुटबलका विभिन्न सरोकारवालाको उपस्थितिमा श्रद्धाञ्जली सभा गरिएको थियो । यस्तै थ्री स्टार क्लबले पनि मंगलबजारमा क्लबका खेलाडी र पदाधिकारीको उपस्थितिमा श्रद्धाञ्जली सभा आयोजना गरेको थियो ।

एन्फामा आयोजित सभामा बोल्ने क्रममा वक्ताहरुले श्रेष्ठको बारेमा र उनको कार्यकालका बारेमा यसरी सम्झना साटे :

ललित दाइ वेटिङ प्रेसिडेन्ट हुनुहुन्थ्यो‘ – किरण राई, महासचिव – एन्फा

ललित दाइले नेपाली फुटबलमा ठूलो योगदान पुर्याउनु भयो । तर उहाँले नेपाली फुटबलमा अझ योगदान गर्ने समय बाँकी थियो । हामीले एन्फाको अध्यक्षको रुपमा हेरेको उहाँले चाँडै छोडेर जानुभयो । हाम्रो २० वर्षको यात्रामा सबैले उहाँलाई नेता मानेका थियौं ।

ललित दाइले एउटा बाटो देखाएर जानुभएको छ । उहाँको योगदान सदा अमर रहनेछ । म महासचिवको नाताले उहाँले देखाउनुभएको पथमा लागेर उहाँको सम्मान गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।

नेपाली फुटबललाई उचाइ दिन उहाँको योगदान अतुलनीय छ‘ – सञ्जीव मिश्र, लिग निर्देशक – एन्फा

ललित दाइले क्लबलाई व्यावसायिक मात्र होइन नेपाली फुटबल विकासमा नै अतुलनीय योगदान पुर्याउनुभएको छ । आफूभन्दा फुटबल र‌‌ खेलाडीलाई अघि राखेर त्याग गर्ने व्यक्तित्व हुनुहुन्थ्यो । नेपाली फुटबलले उहाँको कमी सदा महसुस गर्नेछ ।

नेपाली फुटबलले न्याय गर्न सकेन‘ – इन्द्रमान तुलाधर, पूर्व महासचिव – एन्फा

आर्थिक अनुशासन र इमानदारीको उदाहरण हुनुहुन्थ्यो ललित दाइ । एन्फा भवन निर्माण गर्दा उहाँले गरेको कामले पनि धेरै बयान गरेको छ । तर‌ त्यस अनुसार नेपाली फुटबलले उहाँलाई न्याय दिन सकेन ।

देहान्त भएपछि थाहा भयो उहाँले चढ्ने मोटरसाइकल उहाँको नाममा थिएन । घरमा ऋणमा थियो, क्लब ऋणमा थियो । निकै गाह्रो अवस्थामा हुनुहुँदो रहेछ । एन्फाले उहाँको नाममा गर्दै आएको उमेर समूह प्रतियोगिता नगर्दा अहिले नराम्रो लागेको छ । कम्तीमा यो कार्यले निरन्तरता पाअ‍ोस् ।

फुटबल विकासमा मार्गदर्शक हुनुहुन्थ्यो‘ – अरुणमान जोशी, अध्यक्ष – थ्रीस्टार क्लब

ललित दाइको अभावले नेपाली फुटबलमा विचलन आएको छ । क्लब फुटबलमा व्यावसायिकता र विकासमा उहाँ मार्गदर्शक हुनुहुन्थ्यो । आज पनि उहाँले राखेको पथमा हिँडे फुटबलले राम्रो गति लिने विश्वास छ ।

ललित दाइ‌‌ सबैको प्यारो हुनुहुन्थ्यो‘ – विरबहादुर खड्का, वरिष्ठ उपाध्यक्ष – एन्फा

आजको दिनमा ललित दाइको कमी महसुस भइरहेको छ । उहाँ भएको भए नेपाली फुटबल यो स्थितिमा आउने थिएन । उहाँसँग सबैलाई एकजुट पारेर अघि बढाउने क्षमता थियो । एन्फा मात्र होइन थ्री स्टार क्लबमा पनि उहाँको कमी खड्किएको अनुभव गरेको छु ।

म जहाँ छु, ललित सरकै कारण छु‘ – बिराज महर्जन, खेलाडी

म एनआरटीबाट खेल्दै गर्दा ललित सरले मलाई थ्री स्टारमा ल्याउनुभयो । म जहाँ छु, उहाँकै कारणले छु । उहाँले हामीलाई छोराको रुपमा माया गर्नुहुन्थ्यो । मैदान भित्र मात्र होइन बाहिर पनि एक अभिभावक हुनुहुन्थ्यो । म मेरो तर्फबाट उहाँलाई सधैंभर सम्झनेछु र क्लबका लागि लागिरहनेछु ।

खेलाडीसँग सामीप्यताले जोडेको छ‘ – विक्रम लामा, पूर्व खेलाडी

खेलाडीसँग सामिप्यताले गर्दा उहाँप्रति निकै सम्मान छ । हामी बिरामी हुँदा आफ्नै मोटरसाइकलमा राखेर उपचार गर्न लग्नुहुन्थ्यो । सधैं हामीलाई माया गर्नुहुन्थ्यो । क्लब र फुटबलको आधुनिकिकरण मात्र होइन खेलाडीका लागि धेरै गर्नुभयो ।

थ्री स्टारमा त्यस समयमा रहेका खेलाडीले यसबारे थप प्रस्ट पार्न सक्छौं । राष्ट्रिय टोलीमा पनि जिम्मेवारीमा हुँदा उहाँले खेलाडीलाई सधैं प्राथमिकतामा राख्नुभयो । उहाँको योगदान सदा सदा याद रहनेछ ।

परिवारभन्दा बढी समय फुटबललाई दिनुभयो‘ – पंकज विक्रम नेम्वाङ, अध्यक्ष – एन्फा

नेपाली फुटबलमा कुनै समय हामी फरक समूहमा थियौं । तर‌ सम्मान र सम्बन्धमा कहिलेपनि दरार आएन । फुटबलमा लागेपछि सुख दुःखमा साथ दिनुपर्छ भन्नुहुन्थ्यो । उहाँले आफ्नो परिवार भन्दा बढी समय फुटबलमा व्यतित गर्नुभयो । त्यसैले पनि एन्फा, क्लब, खेलाडी र अन्य सरोकारवाला सबैसँग आज पनि याद जोडिएका छन् ।

हामीले अब फुटबलमा उहाँले देखाएको बाटो हिँड्नुपर्छ । त्यसपछि मात्र हामीले सच्चा श्रद्धाञ्जलि दिएको हुनेछ । यसमा फुटबलमा सम्बन्धित सबै पक्ष एकजुट भएर अघि बढ्न जरुरी छ ।

July 22, 2024

रसियासँग नेपालको अर्काे हार

काठमाडौं (हाम्रो खेलकुद) – काभा नेसन्स लिगको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय भलिबल टोलीले रसियन टोलीसँग अर्काे हार बेहोरेको छ । यससँगै नेपालले दुई मैत्रीपुर्ण खेलकाे सिरिज रसियालाई २–० ले सुम्पिएकाे छ । सोमबार भएको दोस्रो खेलमा नेपाल ३–० को सोझो सेटमा पराजित हुन पुग्यो । यसअघि आइतबार भएको पहिलो खेलमा पनि नेपालले ३–० कै […]

July 18, 2024

एपिएफ र पुलिस विजयी

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिगमा बिहीबार नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । लिग सिजनको पहिलो जित दर्ता गर्ने क्रममा एपिएफले सातदोबाटो माथि २-१ को जित हात पारेको हो । जितमा विकास टिटुङ र किशोर गुरुङले १-१ गोल गरे । सातदोबाटोका लागि योहान्ना लिम्बूले अन्तिम समयमा १ गोल […]

July 15, 2024

अर्जेन्टिनालाई कोपा अमेरिका उपाधि

एजेन्सी – अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को उपाधि जितेको छ । लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा अर्जेन्टिनाले कोलम्बियालाई अतिरिक्त समयमा १-० ले हराएको हो । अर्जेन्टिनाका लागि लौतारो मार्टीनेजले १ सय १२औं मिनेटमा गोल गरे । ९७औं मिनेटमा मैदान प्रवेश गरेका उनले जियोभानी लो सेल्सोको थ्रु पासमा गोल गर्दै अर्जेन्टिनालाई उपाधि दिलाएका हुन् । […]

Success

Thank you for your time.