default_image

2 years ago

June 12, 2023

हिमरश्मी र एन्जल्स हार्ट सेमिफाइनलमा

278 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – हिमरश्मी र एन्जल्स हार्ट प्रथम तार्केश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

तार्केश्वर नगर प्याब्सनद्वारा आयोजित प्रतियोगितामा हिमरश्मीले काठमाडौं लिङकनलाई २२–१८ ले पराजित ग¥यो । हिमरश्मीको जितमा सविन लामाले ८ अंक योगदान गरे । रुपेश पौडेलको ७ अंक सहयोगमा एन्जल्स हार्टले जीवन ज्योतिलाई १९–१७ ले हरायो ।

जुनियर ब्वाइजमै लालीगुराँस नेसनल एकेडेमी (एलएनए) ले मनमैजुस्थित घरेलु कोर्टमा सिर्जना ज्ञान सागरलाई २०–१६ तथा सिद्धार्थ मोडेलले सेक्रेट हार्टलाई २१–१८ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान पक्का गरे ।

एलएनएका श्रवन गुरुङले ८ तथा सिद्धार्थ मोडलका अमिनले ४ स्कोर गरे । सेमिफाइनलमा सिद्धार्थको भेट एन्जल्स हार्टसंग हुनेछ भने हिमरश्मीले एलएनए विरुद्ध खेल्ने छ ।

सिनियर गल्र्समा एलएनएले नर्थ भ्यालीलाई २८–१८, ल्यान्डमार्कले स्प्रिङ भ्यालीलाई १७–१०, हिमरश्मीले नर्थ प्वाइन्टलाई २०–१९ र न्यु एराले पद्यमचक्रलाई २०–१५ ले पन्छ्याउदै सेमिफाइनल यात्रा तय गरे ।

एलएनएकी सिमरन महर्जनले १०, ल्यान्डमार्ककी नेहा श्रेष्ठले ६, हिमरश्मीकी सुनिशा मिश्रले ४ र न्यु एराकी नर्गिमा तामाङले ७ अंक बटुले । सेमिफाइनल एलएनए र ल्यान्डमार्क तथा हिमरश्मी र न्यु एराबीच हुनेछ ।

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

Success

Thank you for your time.