default_image

2 years ago

June 12, 2023

मनोज र विदुरलाई डबल्स स्वर्ण

304 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मनोज राणा र विदुर विष्टको जोडीले राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको भेट्रान ६५ वर्षमाथि पुरुष डबल्समा सोमबार स्वर्ण जितेका छन् ।

राइजिङ स्टार टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको फाइनलमा मनोज र विदुरको जोडीले अशोक कुमार र रामबहादुर तामाङको जोडीलाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरे ।

पुरुष सिंगल्समा निहालजंग बहादुर थापाले विशांक सुवेदीलाई ६–० र ६–०, प्रदीप खड्काले विक्की सागोल्सेनलाई ७–६ र ६–०, राजवीर प्रधानले शंकर हेस्नेनलाई ६–१ र ६–१, आरभसम्राट हाडाले सुशल मोक्तानलाई ६–० र ६–०, आयुशमान हजुर घलेले नवीन श्रेष्ठलाई ६–२ र ६–३, साहिल थापाले विपुल अधिकारीलाई ६–० र ६–०, निशान श्रेष्ठले अर्याश शर्मालाई ६–० र ६–०, अभिनव आचार्यले निजेज महर्जनलाई ७–६ र ६–२, सक्षमविक्रम शाहले उगेन शेर्पालाई ६–२ र ६–१, अभिषेक बाँस्तोलाले ओजेज महर्जनलाई ६–० र ६–० तथा अकी जुवेन रावतले देबाशिश रेउलेलाई ६–१ र ६–० ले हराउदै दोश्रो चरणमा प्रवेश गरे ।

यु–१० गल्र्स सिंगल्समा सरा पन्तले प्रज्ञा वज्राचार्यलाई ६–० र ६–१, अनुश्री धोजुले थिअ श्रेष्ठलाई ६–० र ६–०, सर्वाना गुरुङले आयाना भद्रलाई ६–० र ६–० तथा जेनिशा ज्ञवालीले आयुश्री हजुर घलेलाई ६–० र ६–० को सोझो सेटमा पाखा लगाउदै सेमिफाइनलमा स्थान बनाए ।

यु–१२ गल्र्स सिंगल्समा सपना मल्लले सर्वाना गुरुङलाई ७–५ र ६–३ तथा आयुश्री हजुर घलेले यजु श्रेष्ठलाई ६–० र ६–१ ले पन्छ्याउदै क्वाटरफाइनलमा पुगे ।

यु–१२ ब्वाइज सिंगल्समा दर्शित अग्रवाल, सानोवाज हुसैन, सन्दिप जिसी, विश्वविशेष दल्लाकोटी, हभिस बन्सल, सुजन कुइकेल र साम्खाहाङ राई आ–आफ्नो प्रतिद्वन्द्वीलाई पराजित गर्दै क्वाटरफाइनलमा पुग्न सफल भए ।

यु–१४ गल्र्स सिंगल्समा समृद्धि महर्जनले दिब्यता भण्डारीलाई ६–० र ६–० को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनलमा पुग्न सफल भइन् । सो स्पर्धाको ब्वाइजमा असभसम्राट हाडा, श्रृजन भट्टराई, दर्शिल श्रेष्ठ र काइ प्रजापति क्वाटरफाइनलमा स्थान बनाउन सफल रहे ।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको यु–१६ गल्र्स सिंगल्समा शिभाली गुरुङ तथा दिब्यता भण्डारी क्वाटरफाइनलमा पुगे । उक्त स्पर्धाको ब्वाइजमा राजवीर प्रधान, निशाद जोशी, बोरिस अधिकारी, आयुशमान हजुर घले र दर्शिल श्रेष्ठले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

नेपाली टेनिसकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताअन्तर्गत भेट्रान ३५ वर्षमाथि पुरुष डबल्समा मनोज सेवा र अन्वर अली, कमल भण्डारी र यज्ञ भण्डारी, अनिल साइ र गोपी भट्टराई तथा जितेन्द्र परियार र महेश श्रेष्ठको जोडीले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.