2 years ago
June 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – लालीगुराँस नेसनल एकेडेमी (एलएनए) र एन्जल्स हार्टले प्रथम तारकेश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेका छन् ।

एलएनए सिनियर गल्र्स तथा एन्जल्स हार्ट जुनियर ब्वाइजमा च्याम्पियन बने । तारकेश्वर नगर प्याब्सनद्वारा आयोजित प्रतियोगिताको सिनियर गल्र्सको उपाधि भिडन्तमा एलएनएले न्यु एरालाई २३–१४ ले पराजित ग¥यो । एलएनएको जितमा सिमरन महर्जनले ८ अंक योगदान गरिन् ।
मनमैजुस्थित एलएनएको कोर्टमा भएको जुनियर ब्वाइज फाइनलमा रुपेश पौडेलको १४ अंक सहयोगमा एन्जल्स हार्टले एलएनएलाई ५१–३३ ले हरायो ।
दुवै समूहमा हिमरश्मीले तेश्रो स्थानमा चित्त बझायो । फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय रुपेश र सिमरन आ–आफनो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

जुनियर ब्वाइजमा एलएनएका साहिद पुन तथा सिनियर गल्र्समा न्यु एराकी प्रनिशा श्रेष्ठ प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ताको सूचीमा शीर्ष स्थानमा रहे । साहिदले ५६ तथा प्रनिशाले ५० स्कोर गरे ।
विजेतालाई प्याब्सनका केन्द्रीय उपाध्यक्ष थकिनकुमार गुरुङ, काठमाडौं प्याब्सनका अध्यक्ष प्रेमकुमार राई, तारकेश्वर नगर प्याब्सनका अध्यक्ष धनबहादुर पुन र उपाध्यक्ष गोपाल बुढाथोकी, तारकेश्वर नगरपालिका वडा १० का अध्यक्ष कुमार राई, प्रा.डा. प्रदीपचन्द्र गौतम, प्राध्यापक श्यामकृष्ण विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
जेठ २५ देखि सुरु प्रतियोगिताको जुनियर ब्वाइजमा १६ तथा सिनियर गल्र्समा १४ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]