default_image

2 years ago

June 14, 2023

प्रदीप, आर्यन, अभिषेक र प्रणव सेमिफाइनलमा

353 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रदीप खड्का, आर्यन गिरी, अभिषेक बाँस्तोला र प्रणव खनाल प्रथम राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्सतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बुधबार भएको क्वाटरफाइनलमा प्रदीपले आरभसम्राट हाडालाई ७–६, १–६ र ६–३, आर्यनले आयुशमान हजुर घलेलाई ६–१, ६–७ र ६–१, अभिषेक बाँस्तोलाले निशान श्रेष्ठलाई ६–१ र ६–० तथा प्रणवले अकी जुवेन रावतलाई ७–६, ६–७ र ६–४ को सेटमा पराजित गरे ।

प्रदीप र अभिषेक चीनको होङझावमा हुने एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन् । नेपाल टेनिस संघको प्राविधिक सहयोग तथा राइजिङ स्टार टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा कमल थापा पहिलो भए ।

उनले फाइनलमा मनोज राणालाई ७–६ (४) र ६–३ ले हराए । यु–१० गल्र्स सिंगल्स फाइनलमा अनुश्री धोजुले जेनिशा ज्ञवालीलाई ६–२, ४–६ र १०–६ ले पाखा लगाउदै शीर्ष स्थान कब्जा गरिन् ।

भेट्रान ३५ वर्षमाथि पुरुष डबल्समा अनिल साइ÷गोपी भट्टराई तथा जितेन्द्र परियार र महेश श्रेष्ठको जोडी फाइनलमा भिड्ने भएका छन् ।

४५ वर्षमाथि पुरुष डबल्समा चन्द्र शाही र डेगेन्द्र श्रेष्ठ तथा मोहम्मद युनुस र अन्वर अलीको जोडीले स्वर्ण भिडन्त पक्का गरे । ५५ वर्षमाथि पुरुष डबल्समा कृष्णराज घले र सुवर्ण धाक्वा तथा जीवन घिमिरे र सुदर्शन विष्टको जोडीले फाइनल यात्रा तय गरे ।

यु–९ सिंगल्सको ब्वाइज अर्याशराज पौडेल र र निश्चल ज्ञवाली तथा गल्र्समा सरा पन्त र थैय श्रेष्ठले फाइनलमा स्थान पक्का गरे । यु–१२ सिंगल्सको ब्वाइज असभसम्राट हाडा र हभिस वंशल तथा गल्र्समा साल्भी शेरचन र आयुश जिसीले फाइनलमा स्थान पक्का गरे ।

यु–१४ ब्वाइज सिंगल्समा बोरिस अधिकारी, श्रृजन भट्टराई, दर्शिल श्रेष्ठ र वृजेश अर्याल सेमिफाइनलमा पुग्न सफल भए । सो स्पर्धाको गल्र्समा शिभाली गुरुङ, प्राज्ना मानन्धर, समृद्धि महर्जन र स्वस्तिका विष्ट सेमिफाइनलमा पुगे ।

यु–१६ ब्वाइज सिंगल्समा वृजेश अर्याल, राजवीर प्रधान, आयुशमान हजुर घले र शंकर हैसनान्ले सेमिफाइनलमा स्थान पक्का गरे । उक्त स्पर्धाको गल्र्समा प्राज्ना मानन्धर, शिभाली गुरुङ, सुनिरा थापा र स्वस्तिका विष्टले आ–आफ्नो प्रतिद्वन्द्वीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए ।

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

December 1, 2025

रियल हारबाट जोगियो

एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]

November 26, 2025

लेभरकुसेनसँग म्यानचेस्टर सिटीको हार

एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको‌ गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]

Success

Thank you for your time.