default_image

8 months ago

June 14, 2023

राष्ट्रव्यापी अन्तर नगरपालिका यु–१८ बास्केटबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – कीर्तिपुर नगरपालिकाको आयोजनामा कीर्तिपुर नगरपालिका अन्तर नगरपालिका मेयर कप यु–१८ पुरुष बास्केटबल प्रतियोगिता असार २ गतेदेखि हुने भएको छ । प्रतियोगितामा मोफसलका २ सहित ८ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक विजयप्रकाश महर्जनले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने […]

82 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कीर्तिपुर नगरपालिकाको आयोजनामा कीर्तिपुर नगरपालिका अन्तर नगरपालिका मेयर कप यु–१८ पुरुष बास्केटबल प्रतियोगिता असार २ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा मोफसलका २ सहित ८ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक विजयप्रकाश महर्जनले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः १ लाख, ५० हजार र ३० हजार नगद पुरस्कार हात पार्ने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई १० हजार नगदबाट पुरस्कृत गरिने छ ।

कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीले कीर्तिपुरलाई चिनाउन कीर्तिपुरका बास्केटबल खेलाडीको पनि महत्वपूर्ण योगदान रहेको धारणा व्यक्त गरे । खेलहरु कीर्तिपुर कभर्डहलमा हुनेछ ।

February 23, 2024

धम्पुस उत्सवमा पुरुष र महिला भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – पर्यटकीय नगरी कास्कीकाे रमणीय गाँउ माछापुच्छ्रे गाउँपालिका ७ धम्पुस मिलन टोलमा यसै महिनाको अन्त्यदेखि पुरुष र महिला भलिबलसँगै प्रौढ भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । माछापुच्छ्रे गाउँपालिका ७ धम्पुसको संयोजन तथा मिलन युवा क्लबको आयोजनामा प्रतियोगिता फागन ३० देखि चैत ३ गतेसम्म आयोजना हुने भएको हो । पुरुषतर्फ कास्की जिल्ला […]

February 23, 2024

साम्बाले समर्थकलाई दिइन् धन्यवाद

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला फुटबल टोलीबाट ५० अन्तर्राष्ट्रिय गोल पूरा गरेपछि सावित्रा भण्डारी साम्बाले आफ्ना समर्थकलाई धन्यवाद दिएकी छिन् । साउदी अरेबियामा जारी वाफ च्याम्पियनसिपमा बिहीबार आयोजक इराकविरुद्ध ५–० को जितमा सबै गोल गरेकी साम्बाको ५० गोल पूरा भएको थियो । अन्तर्राष्ट्रिय फुटबलमा नेपालका लागि ५० गोल पूरा गर्ने उनी पहिलो खेलाडी हुन् […]

February 19, 2024

दीलिप राणा स्मृति भेट्रान फुटबल – अभिषेक चर्च र चितवन निलो विजयी

सुशिल पन्त क्षेत्री, भरतपुरस्व. दीलिप राणा स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कप सुरु भएको छ । चितवन भेट्रान फुटबल क्लबको आयोजनामा सोमबार सुरु भएको प्रतियोगितामा अभिषेक चर्च रजहर र आयोजक निलोले विजयी सुरुवात गरेको छ । पहिलो खेलमा अभिषेक चर्च रजहरले वीरगन्ज सिटी भेट्रानलाई २-१ ले हरायो । अभिषेक चर्चको जितमा हरिप्रसाद पाण्डे र कप्तान […]

Success

Thank you for your time.