default_image

2 years ago

June 15, 2023

काभा नेसन्स लिग खेल्न जाने भलिबल टोलीको बिदाई

357 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले किर्गिस्तानको विस्केकमा आयोजना हुन लागेको काभा पुरुष भलिबल नेसन्स लिग खेल्न जाने नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीलाई बिदाई गरेको छ ।

संघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी नेपाली टोलीलाई बिदाई गरेको हो । टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंक लाल घिसिङ, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द, पुर्व अध्यक्ष मनोरन्जन रमण शर्मा, महासचिव रोशन श्रेष्ठ लगायतले बिदाई गरे ।

नेपाली टोली शुक्रबार बिहान त्यसतर्फ प्रस्थान गर्नेछ । संघले दुई साताअघि १२ सदस्यीय अन्तिम टोली घोषणा गरेको थियो । टोलीको ओपन स्पाइकरमा मान बहादुर श्रेष्ठ, टेक राज अवस्थी, राजेन्द्र विष्ट र रविन चन्द छन् ।

अपोजिट हिटरमा धन बहादुर भट्ट क्षेत्री र हेमन्त बहादुर मल्ल छन् । मिडल ब्लकरमा दुर्गा बहादुर खड्का, हरि बहादुर अधिकारी र सफल विकले टोलीमा स्थान बनउा सफल भए ।

सेटरमा हरि हजुर थापा र लोकेन्द्र राज गिरी तथा लिवेरोमा भीम बहादुर गाहा छन् । सेटर लोकेन्द्र र रविन चन्दले टोलीमा पूनरागमन गर्दा सफल विक, हेमन्त बहादुर मल्ल र लिवेरो भीम बहादुर गाहाले पहिलोपटक टोलीमा स्थान बनाउन सफल भएका छन् ।

मुख्य प्रशिक्षकमा जगदिश प्रसाद भट्ट, प्रशिक्षकमा भरत यादव तथा टिम व्यवस्थापकमा श्याम श्रेष्ठ छन् । काभा पुरुष भलिबल नेसन्स लिग विस्केकमा १८ देखि २५ जुनसम्म आयोजना हुँदैछ ।

मुख्य प्रशिक्षकमा जगदिश प्रसाद भट्ट, प्रशिक्षकमा भरत यादव तथा टिम व्यवस्थापकमा श्याम श्रेष्ठ छन् । काभा पुरुष भलिबल नेसन्स लिग विस्केकमा १८ देखि २५ जुनसम्म आयोजना हुँदैछ । नेपाली टोलीका मुख्य प्रशिक्षक जगदिश प्रसाद भट्टले हरेक जोनमा अनुभवी र नयाँ खेलाडी रहेकाले टिम राम्रो बनेको बताए ।

‘अलिकति बलियो टोलीसँग खेल्ने अवसर पाएका छौं । यो हाम्रो लागि उत्साह हो । यो एसियन गेम खेल्नको लागि तयारी पनि हो ।’ बिदाईपछि मुख्य प्रशिक्षक भट्टले भने, ‘हामीले कम्तीमा ६ खेल खेल्नेछौं । विगतको भन्दा बलियो टोलीसँग खेल्न लागेका छौं । कमजोर टिमसँग खेलेर उपाधि जित्नुभन्दा बलियो टिमसँग खेल्नु राम्रो हो । धेरै कुुरा सिकेर नेपाल फर्कने र एसियन गेम्सको लागि तयारी गर्नेछौं ।’

टोलीका कप्तान हरि हजुर थापाले पहिलेभन्दा अहिलेको खेल फरक हुने बताए । ‘बलियो टिम रहेकाले हामीलाई हरेक खेल चुनौतीपूर्ण हुनेछ । नयाँको जोश र पुरानोको अनुभव मिलाएर खेल्न सके पकड बनाउन सक्नेछौं ।’ कप्तान थापाले भने, ‘राम्रोसँग प्रशिक्षण गर्न नपाएपनि जति समय पाएका छौं त्यसमा हामीले राम्रो गर्ने प्रयास गरेका छौं । खेलमा मेरो जिम्मेवारी बढी नै हुन्छ । त्यसमाथि कप्तानको भुमिका थपिएको छ । सम्हालेर लैजाने प्रयास गर्नेछु ।’

सदस्य सचिव घिसिङले नेपाली टोलीको प्रदर्शनको प्रशंसा गर्दै राज्यको लगानी भए अनुरुप खेलाडीको काँधमा जितको बोझ थपिएको बताए । ‘यो प्रतियोगिता प्रतियोगिता मात्र नभई एशियन गेम्सका लागि तयारी प्रतियोगिता समेत हो ।’ सदस्यसचिव घिसिङले भने, ‘जनता र परिषदको लगानीलाई खेलाडीहरुले आत्मसाथ गर्दै विजयी भएर स्वदेश फर्कनेमा आफु आशावादी छु ।’

यसैबीच संघले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङलाई कदर पत्रले सम्मान गरेको छ । काठमाडौ जेठ दोस्रो साता सम्पन्न एनएससी काभा महिला भलिबल च्यालेन्ज कप २०२३ लाई सफल पार्न पु¥याएको सहयोगको कदर गर्दै संघले सदस्य सचिव घिसिङ्गलाई सम्मान पत्रले सम्मानित गरिएको हो ।

अन्तिम टोली
सेटर – हरि हजुर थापा र लोकेन्द्र राज गिरी
ओपन स्पाइकर – मान बहादुर श्रेष्ठ, टेक राज अवस्थी, राजेन्द्र विष्ट र रोविन चन्द,
अपोजिट हिटर – धन बहादुर भट्ट क्षेत्री र हेमन्त बहादुर मल्ल
मिडल ब्लकर – दुर्गा बहादुर खड्का, हरि बहादुर अधिकारी र सफल विक
लिवेरो – भीम बहादुर गाहा

December 6, 2025

एनपिसी धरान र आयोजक निलो नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]

December 5, 2025

एपिएफको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले‌ समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]

December 1, 2025

‘नेपालमा‌ छोटो तर अर्थपूर्ण समय बिताउँने छु’ – डु प्लेसिस

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]

Success

Thank you for your time.