default_image

1 year ago

June 15, 2023

अभिलाषा र सुनिरा फाइनलमा

110 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अभिलाषा विष्ट र सुनिरा थापा प्रथम राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको महिला सिंगल्सतर्फ फाइनलमा प्रवेश गरेका छन् ।

राइजिङ स्टार टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको बिहीबार भएको सेमिफाइनलमा अभिलाषाले आइशा डोल्कर गुरुङलाई ६–४ र ६–० तथा सुनिराले प्रकृति श्रेष्ठलाई ६–४, ३–६ र ६–२ को सेटमा पराजित गरे ।

पुरुष सिंगल्समा प्रदीप खड्का र अभिषेक बाँस्तोला उपाधिका लागि भिड्ने भएका छन् । सेमिफाइनलमा प्रदीपले आर्यन गिरीलाई ६–० र ६–२ तथा अभिषेकले प्रणव खनाललाई ६–१ र ६–० को सोझो सेटमा हराए ।

नेपाल टेनिस संघको सहयोगमा भइरहेको प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष डबल्समा पूर्व सिंगल्स राष्ट्रिय च्याम्पियन जितेन्द्र परियार र महेश श्रेष्ठको जोडी पहिलो भए । उक्त जोडीले फाइनलमा अनिल साइ र गोपी भण्डारीको चुनौती ६–२, ४–६ र १०–८ ले पन्छाए ।

५५ वर्षमाथि पुरुष डबल्समा कृष्णराज घले र सुवर्ण धाक्वाको जोडीले फाइनलमा जीवन घिमिरे र सुदर्शन विष्टको जोडीलाई सिधा सेटमा ६–३ र ६–० ले पाखा लगाउदै विजेता बने ।

४५ वर्षमाथि मोहम्द युनुस र अन्वर अलीको जोडीले शीर्ष स्थान ओगटे । उनीहरुले फाइनलमा चन्द्र शाही र डेगेन्द्र श्रेष्ठको जोडीलाई ६–४ र ६–० ले निराश पारे ।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा थोङवान तुलेश्वरले बिमल वाइबालाई ७–५ र ६–४ को सोझो सेटमा पाखा लगाउदै फाइनलमा स्थान पक्का गरे । फाइनलमा तुलेश्वरको भेट राजु श्रेष्ठसंग हुनेछ । राजुले उत्तमकुमार लामाबाट वाक ओभर पाए ।

४५ वर्षमाथि पुरुष सिंगल्समा रोहित सुनुवारले महेश श्रेष्ठलाई ६–० र ६–२ तथा मोहम्द युनुसले मानबहादुर कट्वाललाई ६–० र ७–५ ले पाखा लगाउदै फाइनलमा स्थान सुरक्षित गरे ।

जुनियरमा अर्याश र सरालाई स्वर्ण
प्रतियोगिताअन्तर्गत यु–९ सिंगल्सको ब्वाइजमा अर्याशराज पौडेल र गल्र्समा सरा पन्तले बिहीबार स्वर्ण जितेका छन् । फाइनलमा अर्याशले निश्चल ज्ञवालीलाई ५–३ र ४–२ तथा सराले थैय श्रेष्ठलाई ४–१ र ४–१ को सोझो सेटमा पराजित गरे ।

यु–१२ सिंगल्सको ब्वाइजमा अशभसम्राट हाडा तथा गल्र्समा साल्भी शेरचन च्याम्पियन बने । फाइनलमा अशभले हभिस वंशललई ६–३ र ६–१ तथा साल्भीले आयुशा जिसीलाई ६–२, ०–६ र ६–२ को सेटमा हराए ।

यु–१४ ब्वाइज सिंगल्समा बोरिस अधिकारीले श्रृजन भट्टराईलाई ६–१ र ६–० तथा वृजेश अर्यालले दर्शिल श्रेष्ठलाई ४–६, ६–४ र ६–२ ले पाखा लगाउदै फाइनल भिडन्त पक्का गरे ।

सो स्पर्धाको गल्र्समा सिभाली गुरुङले प्राज्ना मानन्धरलाई ६–१ र ६–० तथा स्वस्तिका विष्टले समृद्धि महर्जनलाई ६–० र ६–२ को सोझो सेटमा पन्छ्याउदै फाइनलमा पुगे ।

यु–१६ ब्वाइज सिंगल्समा राजवीर प्रधानले वृजेश अर्याललाई ६–१ र ६–१ तथा शंकर हैस्नान्ले आयुशमान हजुर घलेलाई ६–१ र ६–१ को सोझो सेटमा पाखा लगाउदै उपाधि भिडन्त निश्चित गरे ।

उक्त स्पर्धाको गल्र्समा सिभाली गुरुङले प्राज्ना मानन्धरलाई ६–२ र ६–० तथा सुनिरा थापाले स्वस्तिका विष्टलाई ६–४ र ६–० को सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरे ।

July 22, 2024

रसियासँग नेपालको अर्काे हार

काठमाडौं (हाम्रो खेलकुद) – काभा नेसन्स लिगको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय भलिबल टोलीले रसियन टोलीसँग अर्काे हार बेहोरेको छ । यससँगै नेपालले दुई मैत्रीपुर्ण खेलकाे सिरिज रसियालाई २–० ले सुम्पिएकाे छ । सोमबार भएको दोस्रो खेलमा नेपाल ३–० को सोझो सेटमा पराजित हुन पुग्यो । यसअघि आइतबार भएको पहिलो खेलमा पनि नेपालले ३–० कै […]

July 18, 2024

एपिएफ र पुलिस विजयी

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिगमा बिहीबार नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब विजयी भएका छन् । लिग सिजनको पहिलो जित दर्ता गर्ने क्रममा एपिएफले सातदोबाटो माथि २-१ को जित हात पारेको हो । जितमा विकास टिटुङ र किशोर गुरुङले १-१ गोल गरे । सातदोबाटोका लागि योहान्ना लिम्बूले अन्तिम समयमा १ गोल […]

July 15, 2024

अर्जेन्टिनालाई कोपा अमेरिका उपाधि

एजेन्सी – अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को उपाधि जितेको छ । लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा अर्जेन्टिनाले कोलम्बियालाई अतिरिक्त समयमा १-० ले हराएको हो । अर्जेन्टिनाका लागि लौतारो मार्टीनेजले १ सय १२औं मिनेटमा गोल गरे । ९७औं मिनेटमा मैदान प्रवेश गरेका उनले जियोभानी लो सेल्सोको थ्रु पासमा गोल गर्दै अर्जेन्टिनालाई उपाधि दिलाएका हुन् । […]

Success

Thank you for your time.