2 years ago
June 17, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एथलेटिक्स संघले चीनको हाङ्जावमा आगामी सेप्टेम्वरदेखि हुने १९औं एसियाली खेलकुद र अर्काे महिना जुलाईमा थाइल्यान्डमा आयोजना हुन लागेको २४औं एसियन एथलेटिक्स च्याम्पियनसिपका लागि खेलाडी छनोट गरेका छन् ।

चीनको हाङ्जावमा आगामी सेप्टेम्वर २३ देखि अक्टोवर ८ सम्म हुने १९औं एसियाली खेलकुदका लागि संघले पुरुषतर्फ चार र महिलामा तीन खेलाडीसहित कुल सात खेलाडी छनोट गरेको हो ।
पुरुषतर्फ १० हजार मिटर दौडमा दीपक अधिकारी छनोट भएका छन् । म्याराथनमा राजन रोकाय, ४ सय र ८ सय मिटर दौडमा सोम बहादुर कुमाल र ५ हजार मिटर दौडमा गोपीचन्द्र पार्की छनोट भएका छन् ।
महिलामा म्याराथनको चुनौती पुष्पा भण्डारीले पस्कनेछिन् । ५ हजार मिटर दौडमा राजपुरा पछाई र १० हजार मिटर दौडमा सन्तोषी श्रेष्ठ छनोट हुन सफल भएका छन् ।
एसियन गेम्स अघि नेपाली एथलेटिक्स टोलीले थाइल्यान्डको बैंककमा १२ देखि १६ जुलाईसम्म हुने २४औं एसियन एथलेटिक्स च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछ । त्यसअघि लागि पनि संघले पुरुषतर्फ ५ र महिलामा २ गरी ७ खेलाडी छनोट गरेको छ ।
पुरुषतर्फको १ सय र २ सय मिटर दौडमा आयुष कुँवर र गोपीचन्द्र पार्की छनोट भएका छन् । १५ सय र ५ हजार मिटर दौडमा मुकेश बहादुर पाल छनोट भएका छन् ।
सोम बहादुर कुमालले ४ सय र ८ सय मिटर दौडमा चुनौती पेश गर्नेछन् । दीपक अधिकारीले १० हजार मिटर दौडमा प्रतिस्पर्धा गर्नेछ ।
महिलातर्फ ८ सय र १५ सय मिटर दौडमा फुलमती राना तथा ५ हजार मिटर दौडमा राजपुरा पछाईले नेपालको चुनौती पेश गर्नेछिन् ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]